शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवलपरासी समाचारदाता
कावासोती, पुस २० गते । निर्धारित समयभन्दा ढिला काम सुरु गरिएको पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका कामले पछिल्ला दिनमा भने गति लिएको छ । यहाँको कावासोती नगरपालिका–३ स्थित १८७ बिघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माण भइरहेको छ । २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिए पनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षबाट मात्र निर्माण थालनी भएको हो ।
निर्माणस्थलका रुख हटाउनेलगायतका विभिन्न प्राविधिक कारण काम अघि बढ्न नसकेकाले निर्माणको काम ढिला सुरु भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर द्रोण कटुवालले बताउनुभयो । नमुना सदरमुकाम निर्माण दुई वटा ठेक्कामार्फत भइरहेको छ । पहिलो चरणको ठेक्काबाट जिल्ला प्रशासन कार्यालय र अन्य दुई कार्यालय रहने गरी एकीकृत भवन निर्माण भइरहेको छ ।