• २१ पुस २०८२, सोमबार

ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

blog

बोमलाल गिरी
नवलपुर, पुस २० गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट नवलपुरको चौधरी ग्रामतर्फ जाँदै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकको ठक्करबाट गैँडाकोट–५ बैकुण्ठ मार्ग बस्ने वर्ष ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा चिकित्सकले बिहान मृत घोषणा गरेका गुरुङले बताउनुभयो । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।