अमेरिकाको लस एन्जलसमा ७७ औँ एमी अवार्ड आइतबार वितरण गरिएको छ । ओटिटी र टिभीको प्रमुख अवार्ड मानिने यस पटकको एमीमा ‘दी स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो ।
चलचित्र ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । गीतमा गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर छ । गायक पुष्पनकै शब्द र सङ्गीत रहेको गीत नृत्य शैलीमा प्रस्तुत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ । चाडपर्वमा नाच देखाउनका लागि तयारीस्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन् ।
यात्रुको सुविधालाई लक्षित गर्दै गौतम बुद्ध विमानस्थल भैरहवामा नयाँ आगमन कक्ष सञ्चालनमा ल्याइएको छ ।
जेनजी प्रदर्शनका क्रममा घोराही उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेपछि अवरुद्ध भएको सेवा पुनः सुचारु भएको छ ।
४४ मेगावाट क्षमताको भोटकोशी जलविद्युत् पावर कम्पनीले जेनजीका नाममा दबाब दिएर सेयर मागेको बहाना बनाएर विद्युत् उत्पादन बन्द गरेको छ । जेनजीले जनतालाई १० प्रतिशत सेयर दिन दबाब दिएपछि उक्त आयोजनाले आफैँले विद्युत् उत्पादन बन्द गरेको हो ।
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीमार्फत ती स्थानबाट सहुलियत पसल सुरु गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै आफ्ना पाँच वटा प्राथमिकता निर्धारण गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछिको पहिलो बैठकमा यस्तो प्राथमिकताका विषयवस्तुमा केन्द्रित रहेर काम गर्न अधिकारीलाई निर्देशनसमेत दिनुभयो ।
अर्थ मन्त्रालयले नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै भएकै सवारीसाधनबाट काम चलाउने तर नयाँ नकिन्ने बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८४ पैसा र बिक्रीदर १४१ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।
नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य कार्यभार मुलुकमा शान्ति स्थापना गरी शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गर्ने रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनका कारण भएको जनधनको ठुलो क्षतिको शोकलाई शक्तिमा बदल्दै दैनिकीमा फर्किएका आमनागरिक अब आशा र भरोसाका कुरा गर्न चाहन्छन् ।
नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।