• १९ पुस २०८२, शनिबार

‘सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा जानु पर्छ’

blog

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल आफ्नो भनाइ राख्नु हुँदै । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, पुस १९ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बताउनु भएको छ ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै राज्यबाट सञ्चालित सञ्चार माध्यममा आबद्ध भएका कर्मचारी सञ्चारकर्मीहरू समाजिक सुरक्षाकोषमा आबद्ध हुने काम भइराखेको बताउनु भयो । 

गोरखापत्र, नेपाल टेलिभिजन लगायतका सरकारी सञ्चार माध्यमम यो प्रक्रियामा आबद्ध भएको छ । अब देशैभरिका अन्य सञ्चार माध्यम पनि कोषमा आबद्ध हुनु पर्ने बताउनु भयो । 

स्वरोजगारका रूपमा रहेका सञ्चार माध्यमलाई टिकाइ राख्न गृहकार्य भइराखेको बताउनु भयो । उहाले भन्नु भयो, “खासगरी न्यूमिडिया, युट्युव, अनलाइन टेलिभिजन लगायतका सञ्चार माध्यमलाई राज्यसँग जोडेर कसरी अगाडि वढाउन सकिन्छ भन्ने विषयमा गृहकार्य भइराखेको छ ।” 

लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाएर सबैले पाउने व्यवस्था गर्नु पर्छ । थोरै समय छ काम धेरै गर्नुपर्ने अवस्था छ । उहाँले भन्नु भयो, “थोरै समय भए पनि सञ्चारकर्मीका लागि एउटा आधार निर्माण यो सरकारले गर्ने छ । 

उहाँले पत्रकारको हक अधिकारको विषयमा सरकार गम्भीर भएको उहाँको भनाइ छ । उहाँले हामी सञ्चारमाध्यमको दिगो विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने छौँ । कतिपय सञ्चार माध्यमको आर्थिक अवस्था कमजोर भएर बन्द हुने अवस्थामा पुगको हामीले जानकारी पाएका छौँ, भन्नु भयो ।

सबै सञ्चार माध्यमको समस्या समाधानतर्फ सरकार लाग्ने उहाँको भनाइ छ । उहाँले भन्नु भयो, “एक पत्रकार एक सञ्चार संस्था सञ्चालन भएको कारण पनि आर्थिक अवस्था सुधार गर्न कठिन भइराखेको छ ।”