• २२ चैत २०८२, आइतबार

अग्रणी महिला सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २० गते । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव हीरक जयन्तीका अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पु¥याएका अग्रणी नेपाली महिलालाई सम्मान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुदलगायत विविध क्षेत्रमा योगदान दिएका महिला व्यक्तित्वलाई सम्मान गरियो । उहाँहरूलाई पूर्वराष्ट्रपति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले संयुक्त रूपमा सम्मान गर्नुभयो ।