निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको छ।
गोरखापत्र संस्थानका योजना विभागका निमित्त निर्देशक भगिरथ बस्नेत उमेर हदका कारण संस्थान सेवाबाट विदाइ हुनुभएको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हरायो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न अपिल गर्नुभएको छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
दाङ जिल्ला अदालतले सोमबारदेखि सेवा दिन सुरु गरेको छ ।
रुसको पूर्ण आक्रमण सुरु भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणले एक हजार दुई सयभन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भएको समाचार छ ।
घरेलु मैदानमा आइतबार राति भएको एकपक्षीय खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ६–० गोलले हरायो ।
त्रिवि शिक्षण अस्पताल महराजगन्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ ।
चीन र संयुक्त राज्य अमेरिकाले सोमबार मेड्रिडमा व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशबिच व्यापार र प्रविधिमा चर्किएको विवाद कम गर्नु वार्ताको उद्देश्य रहेको छ ।
बाँकेको कोहलपुरबाट प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपियाँसहित तीन जना युवालाई पक्राउ गरेको छ ।
कैलालीको पथरैया र काँढा नदीमा त्रिकोणात्मक पुल निर्माणको लागि सर्भेको काम भए पनि पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन ।
हालै सम्पन्न ‘म्यान्मा सवारी तथा पार्ट्स प्रदर्शनी २०२५’ मा चिनियाँ विद्युत् सवारी साधनले विशेष ध्यान आकर्षित गरेका छन् ।
नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ।
भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।