लीलाराज खड्का
बिर्तामोड, पुस १९ गते । झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पूर्वीभागमा बम जस्तो देखिने बस्तु फेलापरेपछि अहिले उक्त क्षेत्रलाई सिल गरेको छ ।
कनकाई ४ कोटीहवन क्षेत्रको उक्त क्षेत्रको पुलमाथिनै अज्ञात व्यक्तिले प्रेसर कुकरमा तार जोडेर देखिनेगरी राखिएको र कागजको टुक्रामा समेत केहि लेखेको देखिए पनि नजिक जाने अवस्था भने नभएको प्रहरीले जनाएको छ ।
अहिले सेनाको बम निस्क्रिय बनाउने टोली बोलाएका छौं, उक्त क्षेत्रलाई सिल गरिएको । एकाछेउबाट मात्रै सावारी आवगमनलाई सुचारु बनाइएको प्रहरीले जनाएको छ ।
यस घटनाबारेमा प्रहरीले सेनाको डिस्पोजर टोली आएपछि मात्रै केहि बताउन सकिने जनाएको छ । शनिबार बिहान करिव ३ बजेनै त्यहाँ हिँड्डुल गर्ने स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । उक्त स्थान छेउमा एसियान हाईवेअन्र्तगतको कनकाई पुल समेत निमार्धाधिन अवस्थामा रहेको छ ।