शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जिन्दगी यो चक्र जस्तै घुमिरहन्छ
कैले कता कैले कता पुगिरहन्छ
पत्रहरू च्याते पनि कुल्चे पनि हुलले
ढुङ्गामुडा गरे पनि बास्ना छर्छ फूलले
रूखका हाँगा काटे पनि पलाउँछन् फेरि
मिठा मिठा फलहरू फलाउँछन् फेरि
कैले तल कैले माथि समयको रेखा
तल होस् कि माथि जाओस् राख्नु पर्छ हेक्का
दाउ थाप्ने कुनै खेलको हिस्सा होइन जीवन
फुटेपछि नजोडिने सिसा होइन जीवन ।