नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ ।
पहिचान नखुलेका व्यक्तिहरूबाट सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका घरहरू दैनिक दिन तोडफोड हुन थालेका छन् ।
कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ ।
नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालयमा देशको सबैभन्दा ठुलो पार्टी झण्डा राखिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ।
राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा. महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ।
बङ्गलादेशको अन्तरिम सरकारले सोमबार राजनीतिक दल व्यापक सुधार चार्टरमा सैद्धान्तिकरूपमा सहमत भएको तर कार्यान्वयन प्रक्रियामा मतभेद देखिएको बताएको छ ।
संयुक्त राज्य अमेरिका टिकटक सम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताउनुभएको छ ।
ग्लोबल छनोटमा आयोजकसहित नेपाल, आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बङ्गलादेश, नामिबिया र पपुवा न्युगिनी गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।