शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीण कुमार शर्मा
रौतहट, पुस १९ गते । रौतहटको चन्द्रपुर वडा नं. ४ मा बेवारिसे अवस्थामा शव फेला परेको छ । चन्द्रपुर –४ पूर्व पश्चिम राजमार्गबाट अन्दाजी ४० मिटर दक्षिण भित्री सडक खण्डमा शनिबार बिहान पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
हाल नाम थर वतन नखुलेको अन्दाजी ६० वर्षीय वृद्ध जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।