• १९ पुस २०८२, शनिबार

नौ वर्षदेखि फरार ट्रक चालक पक्राउ

blog

नौ वर्षदेखि फरार ट्रक चालक पक्राउ

बोमलाल गिरी
नवलपुर, पुस १९ गते ।
सवारी दुर्घटनापछि नौ वर्षदेखि फरार रहेका ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

२०७४ साल असोजमा कावासोती नगरपालिका–११, लोकाहा पुल नजिक पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रोशन बहादुर ठाडा मगर र पछाडि सवार रन बहादुर आलेको मृत्यु भएको थियो ।

दुर्घटनामा लु. ३६ प. ५९७४ नम्बरको मोटरसाइकललाई ना. ४ ख. ८६२२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका ट्रक चालक सुनवल नगरपालिका–८ का ३० वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी, प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनु भयो । सुनारलाई सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको गुरुङले बताउनु भयो ।