राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) पुस २० गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम सिफारिस भएको छ । एमालेको क्षत्रीय समितिले १ बाट ६ जना र २ बाट १५ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नं १ को बैठकले पूर्व सांसद नारायणप्रसाद मरासिनी, पूर्व प्रदेश सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिकाका पूर्व नगर प्रमुख सीमा कुमारी क्षेत्री, कुमारी टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस गरेको हो ।
यस्तै क्षेत्र नं. २ को बैठकले पूर्व सांसद महेन्द्र थापा मगर,पूर्ब प्रदेश सांसद मोहन रेग्मी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापा,एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे, डा. बुद्धिमान् श्रेष्ठ, शोभित ढकाल, दिपेन्द्र रेग्मी, उदय श्रेष्ठ, राम चन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी र किशोर विक्रम मल्लको नाम सिफारिस गरेको हो ।
दुबै क्षेत्रीय समितिबाट सिफारिस भई आएका नेताहरुको नाम आफ्नो रायसहित केन्द्रमा पठाउने एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्ला कमिटिले नाम हटाउँदैन तर प्राथमिकता तोकेर पठाउने छ ।”