• २१ पुस २०८२, सोमबार

एमाले नेता श्रेष्ठको एकल नाम सिफारिस

blog

सिरहा ३ बाट नेकपा एमालेले एकल नाम सिफारिस हुनुभएको पूर्व कानुन तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठ । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस २० गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको केन्द्रीय सदस्य एवम् पूर्व न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री लिालानाथ श्रेष्ठको एकल नाम सिफरिस भएको छ ।

नेकपा एमाले सिरहाको चारवटै क्षेत्रमा शनिबार बसेको क्षेत्रीय कमिटीको बैठकले सिरहा ३ बाट नेता श्रेष्ठको एकल नाम सिफरिस गरिएको सिरहा जिल्ला कमिटी अध्यक्ष अशोककुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट बहालवाला सांसद रहनुभएको राम शङकर यादव, सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवको नाम सिफरिस भएको छ । सिरहा ४ बाट बिल्टु साह र सिरहा २ मा आकङ्क्षीको सङ्ख्या बढी भएपछि कसैको नाम सिफरिस भएको छैन । यसबारे आइतबार टुङ्गो लाग्ने बताइएको छ ।

२०७९ को निर्वाचनमा सिरहा १ र ३ बाट जनता समाजवादी पार्टीको गठबन्धनमा क्रमशः नेकपा एमालेका राम शङ्कर यादव र लिलानाथ श्रेष्ठ विजयी हुनुभएको थियो । यस पटक सिरहा १ बाट रष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सिरहा २ बाट शिव यादवको उम्मेद्वारीले चुनावी माहोल तात्न थालेको छ ।