बागलुङको बडिगाडमा ‘ग्रीन एण्ड क्लिन’ कार्यक्रम सुरु
दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा एक हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका नौ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न अभियान सुरु गरेको हो ।
संघको बजेट ९३ प्रदेशको ७५ प्रतिशत खर्च
म्याग्दीमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको बजेट ९३ प्रतिशत र प्रदेशको बजेट ७५ प्रतिशत खर्च भएको छ ।
पाँचथरका दुई स्थानमा बेवारिसे शव फेला
पाँचथरका दुई फरक ठाउँमा बेवारिसे शव फेला परेका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ स्थित कुरुम्बाको लप्सिबोटे खर्क जङ्गलमा सडेको अवस्थामा महिलाको र फाल्गुनन्द गाउँपालिका–५ सुलुङ्खीमा भीरबाट लडेको अवस्थामा पुरुषको शव भेटिएको हो ।
हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरमनसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ ।
फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी सविना
घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उहाँले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गर्नुभयो । “यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उहाँ भन्नुहुन्छ, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”
छ करोडमा अस्पताल भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।
राप्ती नदीमा फसेका तीनजनाको सकुशल उद्धार
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीनजनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।
विद्यालयलाई सहयोग
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ ।
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’
आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुनुहुन्छ अस्मिन राउत ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् ।
ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब
यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।
सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका
किसानलाई आधुनिक प्रविधिसगँ जोडेर उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका– ६ का ४० कृषकलाई अनुदानमा कृषि यान्त्रिकरण वितरण गरिएको छ ।
प्राकृतिक प्रकोपप्रति सजगता
चीनसँगको व्यापारिक नाका रसुवागढी राम्रो चलनचल्तीमा थियो । १० वर्षअघिको भूकम्पका कारण तातोपानी नाकामा ठुलो क्षति भयो । ठाउँ ठाउँको भिर पहिरोले नाका काममा आउन सक्ने भएन । विकल्पमा रसुवागढी नाका सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार विस्तार गर्न थालियो । यो नाकालाई २०७४ सालमा नेपाल र चीन दुवैले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि पूर्वाधार अझ राम्ररी विस्तार हुन थाल्यो । सुक्खा बन्दरगाह पूरा हुने क्रममा थियो । कोरोना महामारीका कारण लामो समय काम रोकि
सभ्यता र संस्कृतिको विशिष्टता
प्राचीन कालदेखि नै शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको भूभाग कब्जा गरी उपनिवेश कायम गरेर त्यहाँको स्रोतसाधनको अधिकतम दोहन गर्दै आएका छन् । फिनिसन र ग्रिकहरूले भूमध्यसागरीय क्षेत्रमा आफ्नो नियन्त्रण बनाए भने रोमनहरूले युरोप, अफ्रिका र मध्यपूर्वका नगर राज्यलाई आफ्नो मातहतमा राखे, व्यापार बढाए । मध्यका
लोकतन्त्रको लाभानुभूति
नागरिकले छानेका पात्र र पद्धतिबाट गरिने शासन लोकतन्त्र हो ।
तालिबानलाई रुसको मान्यता
युक्रेनसँगको युद्धले जी आठबाट हटाइएको रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको अनिर्वाचित बन्दुके सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो मुलुक बनेको छ । चार वर्षअघि बन्दुकको भरमा अफगानिस्तानको सत्ता कब्जा गरेको विद्रोह तालिबान समूहको सरकारलाई यसअघि कसैले मान्यता दिएका थिएनन् ।
गुरुपूर्णिमाको महत्व
गुरुपूर्णिमा, जसलाई व्यास पूर्णिमा, गुरु पूजा वा व्यास जयन्ती पनि भनिन्छ, हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइन्छ । गुरुपूर्णिमा शिक्षाका आदिपुरुष महर्षि वेदव्यासको स्मृति दिवसका रूपमा र गुरु तत्वको उपासना गर्ने पर्वका रूपमा स्थापित छ । गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्वसमेतलाई बुझ्नु पर्छ ।
भोगाइ नै असल गुरु
आज गुरुपूर्णिमा । हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिनलाई गुरुपूर्णिमाको रूपमा मनाइन्छ । यो दिन शिक्षक, योग/आध्यात्मिक गुरु वा जीवनमा महत्वपूर्ण सल्लाह प्रदान गरेका व्यक्तिलाई भेटेर, उपहार दिएर, सम्झना र सम्मान प्रकट गरी एउटा पर्वका रूपमा नै मनाइन्छ ।
चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट
चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ ।
सांस्कृतिक पहिचानको प्रतीक ‘ढालनाच’
जुम्लाको सांस्कृतिक पहिचानका रूपमा रहेको परम्परागत ‘ढालनाच’ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी दलित समुदायका पुरुषले विवाह तथा विशेष अवसरमा पन्चैबाजाको धुनमा हातमा रुमाल र खुकुरीसहित गोलाकार घेरा बनाएर नाच्ने यो नाच पछिल्लो समय बिरलै देखिन थालेको छ ।
“जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी”
युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले देखाएको छ ।