शिक्षामा सुधारोन्मुख कर्णाली
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुधार गरेको छ । २०८० सालको एसइईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ४२ भएकोमा यस पटक १४ प्रतिशतले सुधार गरी ५६.७८ प्रतिशत भएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
खोला अतिक्रमणले बाढीको अत्यास, कुन कुन क्षेत्रमा जोखिम छ ?
काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन् । अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्च्याएर सडक निर्माण गर्दा बाढीको जोखिम थपिएको हो ।
आतङ्कवाद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक
दक्षिण एसियामा आतङ्कवाद अन्त्य गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि सामूहिक पहलको आवश्यकता रहेको विभिन्न क्षेत्रका विज्ञले औँल्याएका छन् । पू
उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य
उच्च अदालत पाटनमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्यमा झरेका छन् । दुई वर्ष नाघेका मुद्दा ४०७ थान रहेकामा चालु वर्षको अन्त्यसम्म मुद्दा शून्य भएका हुन् । कार्यबोझका हिसाबले देशकै धेरै मुद्दा भएको उच्च अदालतमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्य भएका हुन् ।
एमालेको ध्यान विधान महाधिवेशनमा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।
आजदेखि सुन पसल खुल्ने
झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बाढी आयो तर आएन खबर
पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्यो । त्यो हिमबाढीको खबर तल्लो तटीय क्षेत्रमा पुग्नै सकेन । बाढी भित्रिसकेपछि खबर गर्ने अवसर पनि नेपाल र चीन सीमाका सरोकारवालाले पाएनन् । सीमाक्षेत्रस्थित सुक्खा बन्दरगाहका मजदुरको समेत ज्यान गयो ।
प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ ।
कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पानीको मुहानसँगै रित्तिँदै बस्ती
दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो ।
करेन्ट लागेर एकको मृत्यु
बाँकेको डुडुवा गाउँपालिका –३ हलबलडोलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार करेन्ट लागेर ४० वर्षीय राधे खटिकको मृत्यु भएको हो ।
सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन
मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।
एसियाली मुलुकमा ‘राम्रो’ कर दर हुन सक्ने
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
सङ्घीय संसद् भवनमा ड्रोन खस्यो, पाँचजना पक्राउ
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ ।
शिक्षकले तलब नपाएपछि परीक्षा रद्द
अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको छ । पन्चदेवल विनायक नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयको आज हुने भनिएको विज्ञान विषयको परीक्षा रद्द भएको हो ।
गण्डक नहरबाट पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या
छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।
नेपाली सेनाद्वारा बडी मालिका मन्दिर पुन निर्माण सम्पन्न
सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गतको बडी मालिका मन्दिर पुन निर्माणको कार्य सम्पन्न भएको छ ।
कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसले शुक्लाफाँटा नगरपालिका–१ बनसाह तल्लोचौराहमा सडकमा हिनिरहेको अवस्थामा ५५ वर्षीय द्रोपती भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
चीनको केरुङमा अलपत्र ९१ नेपालीको सफल उद्धार
भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन्। स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलको टोलीले अस्थायी पदमार्ग निर्माण गरी ती नागरिकहरूको उद्धार गरेको हो।
काठमाडौँको बौद्धमा आगलागी, एक जनाको मृत्यु
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ ।
नेपालीले भारतमा चोरेको गहना र पैसा सम्बन्धित धनीलाई बुझाइयो
नेपालीले भारतको बेङ्गलोरबाट चोरेर ल्याएको गहनासहित विभिन्न देशको मुद्रा कैलाली प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको छ।
लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी राजस्व रकम सङ्कलन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अर्थात् अनुमान गरेको भन्दा दोब्बर बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो।