झापा दोस्रो पटक विराट गोल्डकप च्याम्पियन
झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।
चिबहालमा गुन्जिए दुई कवि
कवि डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आआफ्ना कविता वाचन गर्नुभएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा भएको कविता वाचन कार्यक्रममा दुई कविले १०/१० थान कविता वाचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताउनुभयो । यस्तो व्यस्तताबिच पनि कविमनको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
‘चियासँग कविता’ कन्सर्ट
‘चियासँग कविता’ कन्सर्टको ५५ औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कविहरू उत्तम तुम्सा लिम्बू र डिआर फुयाँलले कविता वाचन गर्नुभएको थियो । यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
अमेरिकामा मनाइयो नेपाल दिवस
विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
सय नाघ्यो कि त भन्सार लाग्यो
नेपाल–भारत सीमानाकामा एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गर्ने नियम कडाइसाथ कार्यान्वयनमा आएपछि सीमावर्ती क्षेत्रको जनजीवन र व्यापारमा उल्लेखनीय प्रभाव देखिएको छ । बाँकेको जमुनाह नाका हुँदै भारतबाट सामान ल्याउने नेपाली उपभोक्तामा कमी आएपछि सीमापारिको रुपैडिहा बजार सुनसान बन्न थालेको छ भने सीमावर्ती नेपाली उपभोक्ता भने सास्तीमा परेका छन् ।
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज (सोमबार) सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ३९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९९ पैसा तोकिएको छ ।
अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन
अन्नपूर्ण, धवलागिरि, अमादब्लमलगायतका हिमालमा वसन्तकालीन आरोहण सुरु भए पनि सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणको बाटो खुल्न विलम्ब भएको छ । समान्यतया सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि अघिल्ला वर्षमा अप्रिलको अन्त्यसम्म चौथो आधार शिविरसम्म बाटो बनाउने (डोरी टाँग्ने, भ¥याङ राख्ने) काम सम्पन्न हुने गरेको भए पनि यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु क्षेत्र (रकफल एरिया) मा हिउँको ठुलो थुप्रोले बाधा पु¥याएपछि पछिल्लो दुई सातादेखि बाटो खोल्ने प्रयास अघि बढ्न सकेको छैन । सगरमाथा, ल्होत्से र नुप्त्से चढ्न दोस्रो आधार शिविरसम्म एउटै बाटो प्रयोग हुने गरेको छ ।
इन्धनको मूल्य नघट्नुको कारण कच्चा र प्रशोधितको मूल्य अन्तर
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको लागत मूल्य प्रतिब्यारेल १५० देखि दुई सय अमेरिकी डलर फरक रहेको छ । कच्चा तेल र प्रशोधित तेलको मूल्यको लागतमा फरक पर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भने घट्न नसकेको नेपाल आयल निगमले जनाएको छ ।
छोटी भन्सार नहुँदा व्यापार चलाउन मुस्किल
मोरङमा सीमाक्षेत्रका नागरिकले छोटी भन्सार पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । सीमाक्षेत्रको अवस्था बुझ्न स्थानीय प्रशासनले गरिरहेको अनुगमनमा नागरिकले छोटी भन्सार नहुँदा सानो व्यापार चलाउन मुस्किल परेको बताएका हुन् ।
कानुनबमोजिम मात्र काममा लगाउन निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थालगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई प्रचलित कानुनविपरीत काम नलगाउन निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलाई श्रम सम्झौता नगरी र तोकिएको समयभन्दा बढी काम लगाएको भन्ने उजुरी आएकाले कानुनविपरीत कार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।
समाज कल्याण परिषद्को भाडा विवाद : ताला लगाएपछि सम्पर्कमा
समाज कल्याण परिषद्को काठमाडौँस्थित भृकुटीपण्डपको भवन, सटर र हल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नबुझाएकाहरू सम्पर्कमा आउन थालेका छन् । परिषद्ले चैत ३० गते २० वटा सङ्घ संस्था र व्यक्तिका सटरलाई सात दिनभित्र बक्यौता बुझाउन भन्दै ताला लगाएको थियो ।
आज पनि भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार सुरु भएको यो कार्यक्रम अन्तर्गत सोमबार पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने भएको छ ।
मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तह
विद्यालय तहमा विद्यार्थी भर्ना र पठनपाठनका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनको चौतर्फी विरोध सुरु भएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत चैत २६ गते सबै स्थानीय तहलाई पत्राचार गरेर वैशाख १५ गतेदेखि विद्यार्थी अभियान सुरु गर्न र वैशाख २१ गतेदेखि पढाइ सञ्चालन गर्न निर्देशन दिएको थियो ।
रोबोटले तोड्यो मानव कीर्तिमान
चीनको तीव्र गतिमा बढिरहेको प्रविधि विकास झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमानी उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ ।
प्रथम महाधिवेशनमा जुट्यो रास्वपा
पार्टी स्थापनाको तीन वर्षमै प्रतिनिधि सभामा झन्डै दुईतिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय समिति सदस्यसमेतको उपस्थिति रहेको थियो । रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको निर्देशनमा सबै सदस्यलाई सोमबारको बैठकमा अनिवार्य उपस्थितिको सूचना जारी गरिएको छ ।
अब विश्वविद्यालयमा सुरक्षा युनिट
सरकारले विश्वविद्यालयहरूबाट विद्यार्थी सङ्गठन नहटे बल प्रयोग गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको संयोजनमा भएको बैठकले ती स्थानबाट विद्यार्थी सङ्गठन हटाउन विश्वविद्यालयपरिसरमा अस्थायी तथा स्थायी सुरक्षा युनिटसमेत राख्ने निर्णय गरेको छ ।
कर्मचारीलाई पन्ध्र दिनमै तलब
सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।
पूर्वाधार अदालत गठन तयारी
विकास निर्माणका ठुला आयोजनामा हुने कानुनी ढिलासुस्ती र विवाद छिटो समाधान गरी मुलुकको भौतिक विकासलाई गति दिन पूर्वाधार अदालत (इन्फ्रास्ट्रक्चर कोर्ट) गठन प्रक्रिया अगाडि बढाइएको छ । विकास निर्माणका ठुला आयोजना समयमै सम्पन्न नहुने र कानुनी विवादमा अल्झिने समस्या समाधान गर्न सरकारले पूर्वाधार अदालत गठन प्रक्रिया र कानुनी तयारी अगाडि बढाएको हो । यो अदालत गठनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरी प्रक्रिया थालिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
हतियार प्रहार गरी छिमेकीको हत्या
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा ७ बेल्टार बजारमा आइतबार साझ एक बृद्धाले धारिलो हतियार प्रहार गरि छिमेकीको हत्या गरेका छन् ।
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा नाघ्यो ४० डिग्री
नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण
पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण पदक जितेकी छन् ।
‘पूर्वसूचना प्रभावकारी भएमा विपदमा क्षति न्यूनीकरण गर्न सकिने’
विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताउनुभएको छ ।