दस वटा विद्यालय भवन निर्माण
चालु आर्थिक वर्षमा हुम्लामा १० वटा विद्यालयका भवन निर्माण भएका छन् । विद्यालयको निर्माण भई हस्तान्तरणसमेत गरिसकेपछि पठनपाठनमा सहज भएको छ ।
चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल
आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ ।
आमाको मृत्युपछि तीन छोरीको बिचल्ली
भेरी नगरपालिका–२, डिङ्गाकी शारदा वली सुत्केरी भएको १३ दिनमै रगत अभावले मृत्यु भएपछि उहाँका अबोध तीन छोरीको बिचल्ली भएको छ । बुवा आनन्द वली सुस्त मनस्थितिका हुनुहुन्छ ।
द्वन्द्वपीडितले न्याय नपाएको गुनासो
कर्णालीका द्वन्द्वपीडितले सरकारसँग न्याय माग्दामाग्दै दुई दशक बितेको गुनासो गरेका छन् । उनीहरूले दुई दशकसम्म पनि नपाइएको न्याय अब कहिलेसम्ममा पाउने हो भन्दै चिन्ता व्यक्त गरेका छन् । द्वन्द्वपीडित भन्छन्, “अहिलेसम्म पाइएको छैन, अब कहिलेसम्म न्याय पाउँ भनेर मागिरहने हो ?”
कालोपत्रे गरियो निकुञ्ज कोरिडोर
चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा दुई पालिकालाई जोड्ने सडक कालोपत्रे गरिएको छ । भरतपुर महानगरपालिकाबाट कालिका नगरपालिका जोड्ने पूर्वी चितवनको उत्तराखण्ड सडक कालोपत्रे गरिएको हो ।
सुर्खेत पुग्नै तीन दिन लाग्ने
हुम्लाको सर्केगाड गाउँपालिकादेखि सुर्खेत पुग्न एक दिन लाग्ने दुरीमा बर्खामा सडक बिग्रिँदा तीन दिन लगाएर पुग्नुपर्ने बाध्यता छ । हुम्ला, बाजुरा र कालीकोट खण्डको सडकमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गर्दा पैदल यात्रा सकसपूर्ण र अत्यासलाग्दो हुने गरेको हो ।
बिरामीको विश्वास जित्दै प्राकृतिक उपचार केन्द्र
देवघाटका लक्ष्मण भण्डारीको बुवा एकाएक थला पर्नुभएपछि उहाँले चार महिनासम्म योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागेश्वरीमा राखेर उपचार गराउनुभयो । चिकित्सकको निगरानीमा आवासीय
पिठिउँमा ग्यालेन बोक्ने बाध्यताबाट मुक्त
घर घरमा धारा बनेपछि घन्टौँको दुरीमा लाइन बसेर पिठिउँमा पानी बोक्नुपर्ने बाध्यता अमरगढी नगरपालिकावासीको अन्त्य भएको छ ।
पालिकाले भत्कायो गुणस्तरहीन संरचना
गुल्मीमा निर्माण व्यवसायीले गुणस्तरहीन संरचना निर्माण गरेको भन्दै पालिकाले भत्काएको छ ।
बाढीको उच्च जोखिममा नौ पालिका
बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढीका कारण मोरङका नौ वटा पालिकाका १८ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् । मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, बेलबारी, रङ्गेली
विदेशी मुद्रासहित गरगहना भारतीयलाई फिर्ता
कैलाली प्रहरीले लाखौँको गरगहना र विभिन्न देशका मुद्रा भारतीय नागरिकलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयले भारतको बेङ्गलुरुस्थित कर्नाटक सहर बस्ने एस. रमेशबाबुलाई गरगहना र मुद्रा बिहीबार फिर्ता गरेको हो ।
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
घट्यो हरिहाँसको सङ्ख्या
घोडाघोडी ताल तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको छ । जैविक विविधताले महत्वपूर्ण घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्न थालेको छ । घोडाघोडी संरक्षणका लागि सन् १९९२ सालदेखि विभिन्न निकायले काम गर्दै आएका छन् ।
लोप हुने अवस्थामा नौमुठे गाई
अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
साढे तीन करोडको लागतमा घाँसीकुवा र पार्कको पुनर्निर्माण हुँदै
माथिको कविता आदिकवि भानुभक्त आचार्यले ससुराली मानहुँ पुगेर पैदल बाटो फक्रिने क्रममा घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर रचना गर्नुभएको थियो ।
बच्चा हुर्काउँदै दुर्लभ जलप्राणी
नेपालको संरक्षित क्षेत्रमा ठुलो लगानीमा वन्यजन्तुका बच्चा हुर्काउने गरिएकोमा कैलालीको नदीमा तीन महत्वपूर्ण जलप्राणीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् । डल्फिन, घडियाल गोही र मगर गोहीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् ।
विपत् व्यवस्थापनको सामग्री हस्तान्तरण
काठमाडौ महानगर ३२ स्थित कोटेश्वर क्षेत्रका विभिन्न सङ्घ संस्थालाई विपत् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।
असारमा धुलो र सुख्खा खेत : मधेशमा खडेरीको सङ्केत
“असार–साउन महिनामा सडकमा धुलो उड्नुलाई किसानका लागि राम्रो मानिदैन, त्यसले ‘रौदी’ अर्थात् खडेरीको सङ्केत गर्छ’’ रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खंगको यो भनाइले मधेशमा धान रोपाइँको अवस्था र स्थितिलाई चित्रण गरेको छ ।
झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो
धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो ।
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
घाइते छाडा चौपायाको उद्धारमा विष्णु
कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स्याहारमा समर्पित छन् ।
पानी अभावले रोपाइँ हुन सकेन
साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन् ।