स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्नुभएको छ ।
नेपालीहरू जीवित रहेसम्म भानुभक्तको महत्व रहन्छ : मन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताउनुभएको छ । आइतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ ।
क्यान्सरका बिरामीलाई निःशुल्क औषधि दिइने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।
समाजमा सामन्ती सोच कायमै छ : मन्त्री लेखी
मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सामन्ती अवशेष समाप्त नभएसम्म सामन्ती सोच, संस्कार समुदायमा अझै कायमै रहेको बताउनुभएको छ ।
जयपृथ्वी राजमार्गको अवस्था दयनीय, वर्षातमा यात्रा गर्न सास्ती
जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्कै सास्ती खेप्नु पर्ने बाध्यता छ ।
चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ गर्ने कम्पनीमाथि कारबाहीको माग
साइपाल गाउँपालिकाले बझाङको बहुप्रतीक्षित चैनपुर–ताक्लाकोट सडक निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्माण कम्पनीमाथि कडा कारबाहीको माग गरेको छ गाउँपालिकाले बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण कार्य अविलम्ब अगाडि बढाउन, बक्यौता ज्याला उपलब्ध गराउन तथा ट्रयाक खोल्ने कार्यमा तीव्रता दिन आग्रह गरेको हो ।
भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान् दिनः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ ।
आदिकवि भानुभक्त साहित्यिक महानायकः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्य साहित्यिक महानायक भएको बताउनुभएको छ । २१२ औँ भानु जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आदिकवि आचार्यप्रति भावपूर्ण श्रद्धाभाव समेत व्यक्त गर्नु भएको हो ।
छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर ज्यान गयो
छाउगोठमा सुतेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको विषालु सर्पले टोकेर ज्यान गएको छ ।
धनुषामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
भानुभक्तका काव्य–साधना सबैका लागि प्रेरणादायक : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायक प्रसाद यादवले नेपाली साहित्यको उज्यालो युगको सूत्रधारहरुमध्ये एक रहनुभएका आदिकवि भानुभक्तको काव्य–साधना र उच्च सामाजिक सोच आज पनि सबैका लागि प्रेरणादायक भएको बताउनुभएको छ ।
बाजुरामा ७५ प्रतिशत रोपाइँ सम्पन्न
बाजुरामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । गत जेठको दोस्रो हप्तादेखि सुरु भएकाधान रोपाइँ अहिले जम्मा ७५ प्रतिशत सम्पन्न भएको हो ।
भूस्खलन नियन्त्रण गर्न रोपिँदै बाँस
वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
पहिरोका कारण कालीगण्डकी तटमार्ग अवरुद्ध
पहिरोका कारण कालीगण्डकी तटमार्ग अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मिचौर–अर्वेनी सडक खण्डको वडा नम्बर २ गरगरेमा सडक माथिबाट ठुलो पहिरो खसेका कारण आइतबार बिहानबाट सडक अवरुद्ध भएको छ ।
मणिपालले सबै प्रकारका क्यान्सरको उपचार गर्ने
कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो ।
आदिकवि भानुको खण्डहर घर
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घा, शिखरकटेरीस्थित घर संरक्षणको अभावमा भग्नावशेष मात्रै छ ।
सडक विकासले बदलिँदै बेनी
गाउँको सडक कालोपत्रे र ढलान भएर यात्रा सहज भएसँगै बेनी नगरपालिका ६ की ९५ वर्षीय जनकुमारी बरुवालको मुहारमा खुसी छाएको छ । बेनी नगरपालिका ६ स्थित छापकी स्थानीयवासी बरुवाललाई अहिलेनै घर आँगनमा पक्की सडक आउँछ भन्ने विश्वास लागेको थिएन ।
सम्पत्ति जोगाउन सम्बन्धविच्छेदको मुद्दा
बचतकर्ताको करोडौँ रकम अपचलन गरी सम्पर्कविहीन भएका डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
विपतमा बज्दैन साइरन
गुल्मीमा सम्भावित विपत्को पूर्वसूचना प्रदान गर्न २०७८ सालमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको थियो तर अहिले यो साइरन विपत्का बेला बज्दैन । जडान गरिएको उपकरण मर्मत नहुँदा अति संवेदनशील पूर्वसूचना प्रणाली (साइरन) प्रयोगविहीन भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
स्वरोजगार बन्ने धोको पूरा
रुपन्देहीको फर्साटिकर गाउँका रमेश न्यौपाने शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँ श्रमको काम गर्न सक्नुहुन्न । उहाँलाई सानो भए पनि घरमै व्यापार गर्ने धोको थियो । हाल उहाँको त्यो धोको पूरा भएको छ ।
पुल हेर्दै जोखिमपूर्ण डुङ्गामा यात्रा
बाढीले बगाएको पुल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक डिभिजन कार्यालय बाँकेले सम्झौता गरेको पुलका चार पिल्लर २०७४ मा आएको बाढीले भासिएका थिए । त्यस्तै २०७९ मा आएको बाढीले पुलको दुई वटा स्ल्याब बगाएको थियो ।