करातेमा नेपाललाई चार पदक
नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा दुई स्वर्ण र दुई कांस्य पदक जितेको छ ।
काठमाडौँका सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी र डिजिटल शिक्षा व्यवस्थाको घोषणा
काठमाडौँ महानगरपालिकाले १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२-८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताउनु भयो ।
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ।
युवा क्रिकेटर जोय सम्मानित
एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले नगदसहित सम्मान गरेको छ ।
तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग
असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा रोपाइँ हुन नसकेकामा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
झ्याप झ्याप गरेर बिजुली कटौती भएपछि बिजुली कार्यालय घेराउ
मिनेट मिनेटमा झ्याप झ्याप गर्दे विद्युत् कटौतीले हैरान भएको भन्दै सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार स्थानीयले प्राधिकरण घेराउ गरेका छन् ।
खडेरी हटाउन ‘जटजटिन’ नृत्य र इन्द्र पूजा
विगत एक महिनादेखि अत्यधिक गर्मी बढिरहेको र वर्षा नहुँदा सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवाका महिलाहरूले जटजटिन धार्मिक सांस्कृतिक नृत्य तथा पुजा सुरु गरेका छन्।
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ।
भानु जयन्तीमा दुई साहित्यकार सम्मानित
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आइतबार नेपालगन्जमा अवधि र उर्दु भाषाका दुई जनासाहित्यकारलाई अभिनन्दन तथा सम्मान गरिएको छ ।
भानुभक्त मातृभाषालाई माया गर्ने साझा कवि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनु भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबिचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गर्नुभएको छ ।
सामुदायिक विद्यालयमा बस सेवा
पश्चिम मकवानपुरको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा बस सेवा सुरु भएको छ। विद्यार्थीको आवतजावतका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा बस व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताउनुभयो।
महिला सशक्तीकरणमा इनर ह्विलको प्रयास
इनर ह्विल क्लबका काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तीकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ।
‘कर्णालीको पानी लम्कीवासीलाई’ योजनाको दोस्रो चरणको काम सुरु
कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी घरघर पुर्याउने कार्यलाई तिब्रता दिइएको छ। सोही अनुरुप दोस्रो चरणको कामसमेत सुरु भएको छ ।
नागरिकता वितरणमा बेथितिः एउटै विवरणको नागरिकता दुई जनालाई
धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् ।
आँपैआँपले ढाकेको छिम्सुवा
धनकुटा नगरपालिका ९ छिम्सुवामा अहिले जताततै आँपैआँपले ढाकेको छ ।
श्रीमान् श्रीमती मृत फेला
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।
रसुवा बाढी: ११ जनाको शव फेला, १७ अझै बेपत्ता
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।
छाउपडी गोठ भत्काउन उर्दी
छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ ।
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
विपद् जोखिम न्यूनीकरणका पूर्व सूचना प्रणाली चुस्त : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताउनुभएको छ ।
लाप्चामा शिव कुण्ड जाने सडक निर्माण
धार्मिक स्थलका रुपमा रहेको शिव कुण्डमा जाने सडक निर्माण गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
'शान्ति सुरक्षाको लागि समुदाय र प्रहरीले हातेमालो गर्नुपर्छ'
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ३ पिपलनेटामा नेपाल प्रहरीको बिट स्थापना गरिएको छ ।