समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
हिमपहिरोपीडित काठमाडौँ आउँदै
हिमपहिरोको उच्च जोखिममा रहेको नाम्खा गाउँपालिका–६ को तिलगाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् । हिमपहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिलगाउँवासीले यस्तो निर्णय गरेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या
श्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्ने सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट ठुलो रकम भुक्तानी नपाउँदा सेवा प्रवाह प्रभावित हुने अवस्था आएको जनाएको छ ।
त्रिपालमुनि बिरामीको उपचार
म्याग्दीको मालिका गाउँपालिकामा रहेको निस्कोट स्वास्थ्य चौकीको पानी चुहिने एकतले जीर्ण भवनभित्र त्रिपालले छोपेर बिरामीको उपचार हुँदै आएको छ । करिब ३० वर्षअघि बनेको पुरानो र जीर्ण भवनबाट वडावासीलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।
कक्षामा पढ्दै, खेतबारीमा सिक्दै
४ बजेपछि विद्यालय बिदा भएको जनाउ घण्टी बज्यो । सबै विद्यार्थी कक्षाकोठाबाट बाहिरिए । कोही बसमा चढे, कोही साइकल चलाएर त कोही हिँड्दै घरतिर लागे । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी भने जुत्ता खोलेर विद्यालय पोसाकमा खेततिर लागे ।
ऐतिहासिक चण्डी बजारको संरक्षण
यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।
बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती
म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् ।
वनमन्त्री शाहीको एक वर्ष : विकास आयोजना सहजीकरणमा नीतिगत सफलता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयले नीतिगत सुधारमार्फत विकास आयोजना सहजीकरणमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षको दुर्घटनामा परी निधन
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उहाँ दुर्घटनामा पर्नु भएको हो ।
पानी नपर्दा सुक्यो धानको ब्याड
समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।
कृषकको सहारा बन्दै ‘जियोकृषि एप’
पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।
आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो ।
लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर
खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको छ ।
गुरुङ दम्पत्तिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द
खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उहाँहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुुभएको छ ।
प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
प्राचीन शाक्य गणराज्य राज्यको राजधानी सहर तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेन ।
तटबन्धपछि गाउँबस्ती सुरक्षित
भत्किएको दुई वर्षपछि बाँकेको खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपत्कालीन तटबन्ध निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ ।
विदेश भ्रमणको उपलब्धि
पढेर मात्र होइन, परेर पनि जानिन्छ भन्ने नेपाली भनाइ छ । पढेर लिने ज्ञान औपचारिक शिक्षा हो । औपचारिक शिक्षाको आयाम फराकिलो हुँदैन । समय, सन्दर्भ र निश्चित पाठ्यक्रममा आधारित हुन्छ । यसले निश्चित उपलब्धि दिन्छ । यस्तो औपचारिक ज्ञानले प्रमाणपत्र दिई स्तरीयकरण गर्छ ।
आर्थिक गणनाको दोस्रो चरण यही फागुनदेखि सुरु हुने
नेपाल सरकारले आर्थिक गणनाको दोस्रो चरण यही फागुनदेखि सुरु गर्ने तयारी गरिरहेको छ । आइतबार जनकपुरधाममा आयोजित आर्थिक गणनाको तथ्याङ्क आवश्यकता विषयक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
लोकतान्त्रिक संस्कारको अपेक्षा
दोस्रो विश्वयुद्धको क्रममा र त्यसपछि विश्वमा उपनिवेश विरोधी राष्ट्रिय स्वतन्त्रताको लहर आयो । एसिया र अफ्रिकाका राष्ट्र एकपछि अर्को गरी स्वतन्त्र हुँदै गए । राष्ट्रिय स्वतन्त्रता प्राप्तिको लडाइँमा दुईथरी विचारधारा प्रभावशाली रहे । प्रजातन्त्रवादी र साम्यवादी ।
कुलतबाट बालबालिका जोगाऔँ
किशोरावस्थालाई आँधीबेहरीको समय भनिन्छ । व्यक्तिले आफ्नो परिचय खोज्ने समय पनि किशोरावस्था नै हो । यतिखेर किशोरकिशोरी आमाबुबा, घरपरिवार र नातेदारभन्दा साथीसङ्गतिसँग सम्पर्क राख्न चाहन्छन् । व्यक्ति एक्लै हुँदा सोच्ने तरिका, काम र देखाउने व्यवहारभन्दा समूहमा हुँदा गर्ने काम र व्यवहार नितान्त फरक हुने गर्छ ।
पर्यटकीय सम्भावनाका आयाम
सात वर्षअघि मध्य पुसको ठिहीमा देशभरका जिल्ला विकास समितिका प्रमुख र उपप्रमुख सिन्धुपालचोकको गुफा डाँडामा भेला भए । भेला सामान्य थिएन, जलवायु सम्मेलन थियो । जलवायु विज्ञ र उच्च सरकारी अधिकारीको बाक्लै उपस्थिति हुने नै भयो ।