जानकी नवमीको अवसरमा नौदिने धार्मिक महोत्सव आयोजना हुँदै
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जानकी नवमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्धनलाई लक्षित गर्दै नौदिने धार्मिक महा–महोत्सव आयोजना गरिएको छ ।
मुक्त कमैयालाई सुरक्षित आवास हस्तान्तरण
कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया घर परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
भूमिहीनको दीर्घकालीन समस्या समाधान गर्न जग्गा नापजाँच सुरु
बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले जग्गा नापजाँच सुरु गरेको छ ।
बन्दीपुरमा ग्रामीण पर्यटन प्रवर्धनका लागि गाउँ पर्यटन मेला
गण्डकी प्रदेशको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।
बजेट र योजनाको तालमेलबाट विकास निर्माण गर्छौ : मन्त्री नेपाली
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण गरिने बताउनुभएको छ ।
‘सङ्घीयतासम्बन्धी सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सङ्घीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा नियमावली अन्तिम चरणमा,महाअभियोगमा टुङ्गो लाग्न बाँकी
प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गर्मी बढेसँगै उखुको जुस व्यवसाय फस्टाउँदै
तराई–मधेश क्षेत्रमा गर्मी बढ्दै जाँदा महोत्तरीमा उखुको जुसको व्यवसाय फस्टाउन थालेको छ। तापक्रम वृद्धि भएसँगै बजारमा उखुको जुस पिउने उपभोक्ताको भीड उल्लेख्य रूपमा बढेको छ।
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गर्नुभएको छ ।
निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र साङ्गठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
धनुषामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
अव्यवस्थित घरपरिवारलाई सुरक्षित आवास
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२, का ६५ वर्षीय राजेन्द्र माझीले पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ ।
वन्यजन्तु–मानव द्वन्द्व न्युनीकरणमा जोड
मुस्ताङमा ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित समुदायस्तरमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
गण्डकी प्रदेशका सात सहकारीको दर्ता खारेजी
दुइ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेजी भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयले ती सहकारीको दर्ता खारेज गरेको हो ।
क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कौराहाको उदगम थलो ऋषिङमा मौलिकता जोगाउने सङ्कल्प
मगर समुदायको सांस्कृतिक पहिचान मानिने कौराहा नृत्यको वास्तविक जननी तनहुँको ऋषिङबाट यसको ऐतिहासिक मौलिकता रक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको छ ।
नारायणी नदी र मध्यवर्ती क्षेत्रमा सरसफाइ (फोटो फिचर)
नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई फोहोरमैला र प्लास्टिकमुक्त बनाउने उद्देश्यले सरसफाइ गरिएको छ ।
शान्तिपार्क निर्माणको काम अन्तिम चरणमा
मोरङको लेटाङ–१, राजारानी पर्यटन क्षेत्रमा अन्तर धार्मिक शान्तिपार्क निर्माण भएको छ । पाँच धर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्मका विभेद अन्त्य गर्ने अवधारणाका साथ निर्माण सुरु भएको शान्तिपार्क लेटाङ नगरपालिकाको गौरवको आयोजना हो ।
छेडाघाटका आगलागी पिडीत आफन्तको आश्रयमा, अस्थायी आवासको पहल गर्दै पालिका
ऐरावती गाउँपालिका-१, छेडाघाटका आगलागी पिडीत परिवार नजिकैको छिमेकी र आफन्तसँग आश्रय लिएर बसेका छन् ।
१९ महिना पछि सञ्चालनमा आयो फेमे खोलामा बेलिब्रिज
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ र ११ लाई जोड्ने फेमे खोलामा बेलिब्रिज सञ्चालनमा आएको छ ।
धौलागिरि शिखरमा पुगे १७ आरोही
म्याग्दीको धाैलागिरि गाउँपालिका –४ स्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकै पटक १७ आरोही पुगेका छन् ।
बर्दघाट नगरपालिकालाई योगनगर बनाउने अभियान
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नेपालकै दोस्रो योगनगर बनाउने महत्वाकांक्षी अभियान अघि बढाएको छ । स्वस्थ जीवनशैली र योग संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले नेपालकै दोस्रो योग नगरको रूपमा स्थापित गर्ने यस अभियानले स्थानीयस्तरमा स्वास्थ्य सचेतना जगाउनुका साथै नागरिकलाई योगको माध्यमबाट निरोगी बनाउने लक्ष्य राखेको छ।
सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि
सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेइस प्रतिशतसम्म वृद्धि भएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।