बाढीले काठेपुल बगाउँदा यातायात ठप्प
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित थाक्पु खोलामा आएको बाढीले मोटर गुड्ने काठेपुल बगाउँदा यातायात ठप्प भएको छ। तमोर कोरिडोर सडकअन्तर्गत रहेको थाक्पु खोलाको काठेपुल बाढीले बगाउँदा बुधबार रातिदेखि यातायात ठप्प भएको हो ।
युके पठाइ दिने भन्दै ४१ लाख ठगी गर्ने युवती पक्राउ
प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ ।
ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्कनुभएको छ ।
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
अब सबै सङ्घीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ ।
बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर
बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।
त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री
सल्यानको एउटै पालिकाबाट तीन करोड २६ लाख बढीको खसी निकासी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा समूह तथा सहकारीमा आबद्ध किसानहरूले एक वर्षमा खसी बिक्री गरेर तीन करोड २६ लाख ४३ हजार ६०३ रुपियाँ हात पारेका हुन् ।
नौ लाख नगद सहित एक युवा पक्राउ
गौर नगरपालिका १ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपियाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपियाँ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही रामनगर गाउँपालिका २ बस्ने ३० वर्षीय चन्दन पण्डितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो
नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ ।
जिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बन्दीपुर ढाडखोला सडक
तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित (बन्दीपुर) भुमर्से (ढाडखोला) सडकखण्ड र आसपासको हरियाली दृश्य ।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदको जोड
सांसदले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गर्नुभएको छ ।
पाकिस्तान : भारी वर्षाका कारण ११ जनाको मृत्यु
पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।
दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन
दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा उहाँको संक्षिप्त मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ ।
भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार
असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।
फिफा क्लब विश्वकप : उपाधिका लागि पिएसजी र चेल्सी भिड्ने
अमेरिकामा जारी प्रतियोगितामा बुधबार राति पिएसजीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन
जब सफल कलाकार आइ-डाले यस हप्ता राजा चाल्र्सको नयाँ चित्र अनावरण गर्यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो ।
‘विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी बहस भइरहेको बताउनु भएको छ ।
विद्यालय शिक्षा विधेयकको अनिश्चितताले शैक्षिक भविष्य अन्योलमा : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयक अझै पनि अनिश्चित रहनु देशको शैक्षिक भविष्यका लागि चिन्ताको विषय भएको बताउनुभएको छ।
किएभमा आक्रमण भएको बेला रुबियो र रुसका लाभरोभबिच भेट हुने
मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार मलेसियामा आफ्ना रुसी समकक्षीसँग भेट गर्नुहुनेछ ।
टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा
नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ ।
इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास मतको सामना गर्दै हुनुहुन्छ । अविश्वासको मतदान सफल हुने सम्भावना थोरै छ तर उहाँका समर्थकहरू र उहाँको नेतृत्व शैलीका बारेमा गुनासोहरू बिचको घर्षण उजागर भएको छ ।
कोषद्वारा बाजागुरुलाई सम्मान
गुरुपूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले बाजागुरुलाई सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा परम्परागत ६३ ज्यापु त्वाःगुथिका गुरुहरुलाई सम्मान गरिएको हो ।