स्याङ्जाको चापाकोटमा भोलिबाट भर्ना अभियान सुरु हुँदै
सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भोलि(शुक्रबार)बाट भर्ना अभियान र १४ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ ।
दंगीशरणको संग्रहालयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण
दाङको दंगीशरण गाउँपालिका ३ चखौरास्थित थारु सांस्कृतिक संग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको उल्लेख्य भिड लाग्न थालेको छ ।
राजमार्गले फेरियो गाउँ
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ निवासी वीरबहादुर घलानलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढी कामविषेशले आउँदा जाँदा दिनभरि पैदल हिँडेको सास्ती अझै ताजै छ । अहिले सोही ठाउँ हुँ
विद्यार्थी घटेपछि बेनीका १५ विद्यालयको तह समायोजन
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि १५ विद्यालयको तह समायोजन गरी कक्षा घटुवा गरेको छ भने एउटा विद्यालय बन्द गरेको छ ।
उच्च मनोबलसाथ खटिन आईजीपी अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति हामीले दिने सेवा नै धर्म भएकोे बताउनुहुँदै सकारात्म सोच र उच्च मनोवलकासाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।
बाँकेमा व्यावसायिक बसन्ते मकैखेती
जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
‘ह्विलचेयरले दियो खुसी’
पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ ।
सूर्नयागाड जलविद्युत् बन्द, बस्ती अन्धकारमा
पाटन नगरपालिका–६ स्थित सूर्नयागाड जलविद्युत् आयोजनाबाट करिब दुई वर्षदेखि विद्युत् उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्।
जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान
बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो ।
राष्ट्रिय प्रतिबद्धताका आयाम
लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले आआफ्ना घोषणापत्र लिएर मतदातामा जाने गर्छन् । कुनै एक वा एकभन्दा बढी दलले मात्र कार्यकारिणीमा जाने जनादेश पाउने गर्छन् । सरकारमा पुग्ने दलले आफ्नो घोषणापत्र अनुसार नीति र कार्यक्रम ल्याउने आमप्रचलन छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा झन्डै दुई तिहाइको जनादेश प्राप्त गरेको वर्तमान सरकारले नवीन अभ्यास आरम्भ गरेको छ । निर्वाचनबाट
दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो ।
अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उपलब्धि
सल्यान प्रहरीले एक महिनाको अवधिमा भएका अपराध नियन्त्रण, फैसला कार्यान्वयन र प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण कार्यको विवरण सार्वजनिक गरेको छ ।
पुनर्संरचना बहसमा ‘थिङ्क ट्याङ्क’
‘थिङ्क ट्याङ्क’ भन्नाले मूलतः सरकारले अवलम्बन गरेका र गर्नुपर्ने सार्वजनिक नीतिका विषयमा अनिर्देशित र स्वतन्त्र बहस, छलफल र चिन्तन मनन गर्ने मञ्च भन्ने बुझिन्छ । नेपाल सरकारको ‘थिङ्क ट्याङ्क’ (नीति अनुसन्धान प्रतिष्ठान) मा आबद्ध भएर कार्यसम्पादन गर्दा आर्जित अनुभवको उपज हो यो । नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारको विशेषज्ञ समूह (सरकारी ‘थिङ्क ट्याङ्क’) हो । यसले नेपाल सरकारले अवलम्बन गरेका वा गर्नुप
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
जिल्लोको बडिगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार साँझ बडिगाड गाउँपालिका–५ मा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो ।
जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ ।
ढोरपाटनमा ७४ लाख खर्चेर पर्यटक सूचना केन्द्र
ढोरपाटन सिकार आरक्ष कार्यालय परिसरमा ७४ लाख खर्चेर पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण गरिएको छ ।
कृषि क्षेत्रले चाहेको विकास
नेपाल कृषि प्रधान देश हो । यो भनाइ केवल पाठ्यपुस्तकको वाक्य होइन, समाजको वास्तविक अनुहार हो । देशका ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा कृषि पेसामा आबद्ध छन् । कुल गार्हस्थ उत्पादनमा करिब २४ प्रतिशत योगदान यसै क्षेत्रबाट आउँछ । पुर्खौंदेखि निरन्तर अभ्यासमा रहेको यो पेसाले नेपाली किसानलाई औपचारिक तालिमबिना पनि अनुभवजन्य दक्षता प्रदान गरेको छ । उर्वर माटो, विविध हावापानी, प्रशस्त
कमजोर जगमा युद्धविराम
कमजोर जगमा अमेरिका र इरानबिच दुई साताका लागि अस्थायी युद्धविराम भएको छ । पश्चिम एसियामा पछिल्ला ४० दिनको यो युद्धले महासङ्कट र महाविनाश निम्तिने अवस्था सिर्जना भएसँगै पाकिस्तानको मध्यस्थतामा अस्थायी युद्धविराम सम्भव भएको हो । युद्धविरामसँगै इरानमा बमबारी रोकिएको छ तर तनाव, त्रास र अनिश्चितता यथावत् छ । अमेरिका र इरान आफ्नै अडानमा अडिग छन् । दुवैले आफ्नो जित भएको दाबी पनि गरेका छन् । परिस्थिति भने अत्यन्तै जटिल र कठिन छ । पाकिस्तानले अर्को चरणको वार्ता गराउने प्रस्ताव अघि सारेको छ । अमेरिकाले इरानमाथि थप दबाब दिन इरानका सबै बन्दरगाहमाथि नाकाबन्दी लगाएको छ ।
जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट
मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको असरले खानेपानी अभाव गम्भीर बन्दै गएको छ। महोत्तरीको उत्तरी भेगमा चैत नसकिँदै खानेपानी सङ्कट देखिन थालेको छ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र