दाउन्नेमा सडक एकतर्फी सुचारु
निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ ।
लहानमा प्रहरी चौकी भवन उद्घाटन
लहान नगरपालिका १३, १४ र २४ काे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।
प्रविधिमैत्री सवारी व्यवस्थापन गर्दै वीरेन्द्रनगर
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै यहाँ जनसङ्ख्या र सहरीकरण बढ्दो छ ।
खैरहनी नगरपालिकामा बालबालिकालाई कानुनी कक्षा
चितवनको खैरहनी नगरपालिकाले गाउँ टोलबाटै विवाद समाधान गर्ने उपाय सिकाउन कानुनी कक्षा सञ्चालन गर्न थालेको छ ।
रासायनिक मल र विषादीको प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर पर्यो : मन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ ।
रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी
नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।
विपत् प्रतिकार्य योजना अद्यावधिक
कैलालीको विपत् प्रतिकार्य योजना अद्यावधिक भएको छ । मनसुनजन्य विपतबाट जिल्लावासीलाई जोगाउन विपत् प्रतिकार्य योजना अद्यावधिक गरिएको हो ।
खानेपानीको समस्या समाधानका लागि सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह
खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसको विशेष खोप अभियान सुरु
कोरोना भाइरसको स3|क्रमणको जोखिम बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ ।
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
मनसुन सक्रिय भएसँगै नारायणी नदी आसपासका बस्तीमा सचेतना
मनसुन सक्रिय भएसँगै बाढी र डुबानको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको नारायणी नदी आसपासका बस्तीहरूमा प्रहरीले बाढी तथा डुबानसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
पानी नपर्दा किसान चिन्तित, कोशीमा २९ प्रतिशत रोपाइँ
असारको अन्तिम सातासम्म पनि औसतभन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेतका अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाइँ भएको थियो ।
उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए
जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकामा लगभग १८ हजार मानिस आफ्नो घरमा सिमित भएका छन् ।
मुक्त कम्लरीलाई बङ्गुरपालनमा सहयोग
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले मुक्त कम्लरीहरुलाई बङ्गुर पालनमा सहयोग गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय लुम्बिनीको सहयोगमा लक्षित विशेष आय आर्जन कार्यक्रममार्फत मुक्त कम्लरीलाई बंगुरपालनमा सहयोग गरेको भेटनरी अस्पताल तथा पशु विकास अधिकृत तथा सूचना अधिकारी कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
घोडाघोडीमा हरिहाँसको गणना हुँदै
कैलालीस्थित विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध घोडाघोडी तालमा हरिहाँसको गणना भइरहेको छ । घोडाघोडीको सूचक प्रजाति रहेका हरिहाँसको संख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पहलमानपुरसँगको समन्वयमा नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) ले हरिहाँसको गणना गरिरहेको हो ।
टीकापुरका महिला जनप्रतिनिधिहरू भन्नुहुन्छः आफ्नो भूमिकाको ज्ञान भयो
टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन् ।
आगलागीबाट एक घर जलेर नष्ट
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकारा पौडेलको घर आगलागीबाट नष्ट भएको हो ।
बुद्धको प्रतिमा र राताम्मे पहाड
मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ ढाक्मरगाउँ नजिकै रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड।
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै
सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् ।
उपल्लो मुस्ताङमा बाढी : पूर्वसूचनाले टर्यो सङ्कट
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्दा वित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गर्नुभयो ।
लालपुर्जाको आसमा सात दशक
सात दशकभन्दा लामो समयदेखि बर्दियाको राजापुर बजार क्षेत्रमा बसोबास गर्ने ३०४ घरधुरीले अहिलेसम्म पनि जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका छैनन् । २०७४ सालभन्दा पहिला राजापुर बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयले सरकारी जग्गा प्रयोग गरेबापत सरकारलाई जग्गाको बैठकी कर तिर्दै आएका थिए ।
रोजगारी नपाएपछि भारततिरै
रोजगारीका लागि नेपालगन्जस्थित जमुनाह नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या फेरि एक पटक बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाह नाका भएर भारततर्फ गइरहेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
मेची राजमार्ग सुचारु
लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो ।