• ११ साउन २०८२, आइतबार

भिरबाट लडेर बाख्रा चराउन गएका बुढाको मृत्यु

blog

राजु लामिछाने
रुकुमपश्चिम, साउन ११ गते ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ५ मा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । वडाको रोकाई निवासी १७ वर्षीय दीपक बुढा शनिबार दिउँसो घरभन्दा करिब चार किलोमिटर टाढा रहेको भिरबाट खसेर गम्भीर घाइते हुनुभएको र उपचारको क्रममा सल्यानको सल्लीबजार पुर्‍याएको बेला उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार रोकाईस्थित जङ्गलमा साथीहरुसँग बाख्रा चराउन गएको बेला माथि भिरबाट खसेको ढुङ्गाले बुढाको ढाडमा लागेपछि उहाँ भिरबाट लड्नुभएको थियो ।

भिरबाट करिब तीन सय मिटर तल खसेर गम्भीर घाइते अवस्थामा रहनु भएका उहाँलाई उपचारका लागि सल्लिबजारस्थित सिटी अस्पताल लिएको बेला चिकित्सकले शनिबार बेलुका मृत घोषणा गरेका थिए । 

मृत घोषणापछि मृतकका आफन्तहरुले बुढाको शव फर्काएर आठबिसकोटस्थित नगर अस्पतालमा ल्याएको बताइएको छ ।