सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने भएको छ ।
शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो ।
बढ्यो वनको बजेट
आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण क्षेत्रको बजेट बढेको छ । चालु आर्थिक वर्षमा रु १५ अर्ब ५६ करोड विनियोजन भएकोमा आगामी आवका लागि रु १४ करोड बढी अर्थात् रु १५ अर्ब ७० करोड विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधारमा एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड रुपियाँ रकम विनियोजन गरेको छ ।
पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
सरकारले पाँच लाख सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने भएको छ ।
सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
गोरखापत्रको प्रकाशन ‘परिवर्तित नेपाल’ लोकार्पित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अझै परिवर्तन गर्न नसकिएको भन्नुहुँदै सो क्षेत्रमा काम गर्न सबैलाई आव्हान गर्नुभयो ।
गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ ।
गणतन्त्रको घाम अस्ताउनु हुन्न
निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए पनि नेपालको गणतान्त्रिक यात्रालाई त्यति लामो भन्न मिल्दैन । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हुंदै आएका अभ्यास, स्थापना गरिएका संरचना र संयन्त्रहरूलाई क्रमशः अगाडि बढाउने प्रयत्न भने हुंदै आएका छन् ।
गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व : प्रदेश प्रमुख
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तन कामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ ।
‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गर्नुभएको छ ।
राजासँग सम्झौता भएको होइन
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १८ वर्ष पूरा भयो तर संविधान जारी भएको आठ वर्ष मात्र पुग्दै छ । गणतन्त्रको मूल्याङ्कन र समीक्षा संविधान जारी भएपछि गर्नु उपयुक्त हुन्छ । संविधान जारी गर्नुअघिको अवस्था सङ्व्रmमणकालीन अवस्था नै हो । संविधान जारी भएपछि पहिलो निर्वाचनको कार्यकाल पूरा भई हामी दोस्रो कार्यकालको प्रारम्भिक चरणमा छौँ । यसबिचमा संविधान अनुसार जनताको हितमा, मौलिक हकको प्रयोग जुन रूपमा हुनुपथ्र्यो, त्यति हुन सकेन ।
‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनु भएको छ ।
आम नागरिकको अधिकारप्रति अटुट आस्था रहोस् : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १७ औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
गणतन्त्रका लाभ जनतामा पुर्याउन दृढतापूर्वक लागेका छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्याउन दृढतापूर्वक प्रयास गरिरहेको बताउनु भएको छ ।
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
समृद्ध र समतामूलक नेपाल निर्माण होस् : अध्यक्ष दाहाल
समृद्ध र समतामूलक नेपाल निर्माण होस् : अध्यक्ष दाहाल
जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
गणतन्त्रबाटै राष्ट्रको रुपान्तरण गर्न सकिन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताउनु भएको छ ।
जनतामा सकारात्मक परिवर्तनको अनुभूति हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिन्छ भन्नु भएको छ ।
सञ्चार मन्त्रालयको १६ महिने उपलब्धि सार्वजनिक (पूर्णपाठ सहित)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको १६ महिने उपलब्धि सार्वजनिक भएको छ । मन्त्रालयले सो उपलब्धि सोमबार सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गर्दै उहाँलाई पदमुक्त गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सोमबार बदर हुने फैसला सुनाएको हो ।