तात्यो नेपालगन्ज, वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री मापन
अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिकतम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।
जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु
हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्यवासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो ।
आरोही बस्ताकोटीको निधनले स्तब्ध
घरबाट छोटै यात्रामा जान पनि साइत निकाल्ने, आफन्तले बिदाइ गर्ने चलन छ । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । लगत्तै केही फोटो र भिडियोसमेत बस्ताकोटीले फेसबुकमा पोस्ट गर्नुभएको थियो । जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेको विनोदबाबुको सफलताले खुसी भएका परिवारजनको उत्साह लामो समय रहन पाएन । बेला बेलामा सगरमाथा चढ्छु भनी परिवारमा भन्ने गरेको तर परिवारले जान नदिने भएकाले कसैलाई नभनी गएको हुन सक्ने तिवारी बताउनुहुन्छ ।
हावाहुरीले तनहुँको तीन सय घरको छाना उडायो, लाखौँको क्षति
तनहुँमा बिहीबार दिउँसो र साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
जाजरकोटको दुर्गमा खाद्यान्न सङ्कट
जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकामा खाद्य सङ्कट परेको छ । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ ।
मकवानपुरमा बस दुर्घटना : २० जना घाइते
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको छ । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको हो ।
हवाई टिकटमा भ्याट नहटेकामा पर्यटन व्यवसायीको गुनासो
नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । नाट्टाका अध्यक्ष रमेश थापाले चालु आवको बजेटमा व्यवस्था भएको विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट परिमार्जित नभए सरकारको महत्वाकाङ्क्षी लक्ष्य पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई यात्राका हिसाबले त्यसै पनि नेपाल एसियाको महँगो गन्तव्यको सूचीमा पर्दै आएको छ । यात्रुले यात्रा गर्नुपूर्व सबैभन्दा पहिले टिकट नै हेर्ने भएकाले महँगो हवाई शुल्कका कारण नेपाल आउन चाहेका यात्रुले गन्तव्य परिवर्तन गरिरहेका छन् ।”
भीमफेदी दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ ।
रोजगार बैंकको अवधारणा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
कालिगण्डकी कोरिडोर : मालढुङ्गा-हर्मिचौर खण्डमा धमाधम काम
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत तल्लो खण्डमा पर्ने बागलुङको मालढुङ्गादेखि गुल्मी हर्मिचौर खण्डमा सडक निर्माण कार्यले तिब्रता पाएको छ ।
‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’
जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।
सुनको मूल्य निरन्तर उकालोतिर
स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।
गर्मी बढेपछि विद्यालय बिदा
तापक्रम बढ्दै गएपछि दाङ जिल्लाका पालिकाहरूले विद्यालय बिदा गरेका छन् । तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकाले विद्यालय बिदा गरेका हुन् ।
कास्कीमा बस दुर्घटना : आठ घाइते
काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ४ बजे बा५ख २८५ नम्बरको बस लेवाडेमा सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो ।
सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका
सुर्खेतबाट कालीकोट आउँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् ।
मधेशमा एक अर्ब ८५ करोड ४२ लाख बेरुजु
आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशमा एक अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपियाँ बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेश प्रदेशमा बेरुजु देखिएको हो ।
१६ जिल्लाका सीडीओका सरुवा (सूचीसहित)
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ ।
हुम्लामा घट्यो इन्धनको मूल्य
हिमाली जिल्ला हुम्लामा सञ्चालन हुँदै आएका यातायातका साधनहरुका लागि इन्धनको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका आङ्शिक रुपमा जोडिएसँगै इन्धनको मूल्य घटेको हो ।
सुर्खेत जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुर्खेतमा जिप दुर्घटना : दुई जनाको मृत्यु
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
भीमफेदी कार दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई घाइते
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
तस्बिरले राजनीतिक सङ्घर्षको झल्को दिएको छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले गोरखापत्रमा प्रदर्शनमा राखिएका ऐतिहासिक तस्बिरले लोकतन्त्रदेखि प्रजातन्त्र स्थापनासम्मको राजनीतिक सङ्घर्षको झल्को दिएको बताउनुभएको छ।
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो ।