• ३ साउन २०८१, बिहिबार

तीन सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ, साउन ३ गते । स्थानीय बजारमा सुनको मूल्य बिहीबार तोलामा तीन सय रुपियाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा काराेबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ६० निर्धारण भएको छ । रासस