• २ साउन २०८१, बुधबार

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

blog

परराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबिच बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिनुभयो । परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र चिनियाँ राजदूत सोङ्गकाबिच नेपाल–चीन सम्बन्ध र सहयोग विषयमा छलफल भएको जनाएको छ ।