• ४ साउन २०८१, शुक्रबार

सुनको बढ्दो सकस

blog

दुई दिनअघि सामाजिक सञ्जालमा एउटा दृश्यले निकै चर्चा पाएको देखियो । दुलहा दुलहीले एकअर्कालाई कुशको औँठी पहि¥याएर स्वयंवर गरेको दृश्य हेर्नेहरूले आआफ्नै बुझाइ अनुसारका प्रतिव्रिmया जनाएका थिए । स्वयंवरको यो दृश्यमा जति रमाइलो मानियो, यसभित्रको वास्तविकता सही नै हो भने निकै पीडादायक मान्नु पर्छ । विवाह कर्ममा पनि सुनका गरगहना लगाउन नपाएकी बेहुलीको मनमा कति दुःख परेको छ भन्ने अनुमान गर्न सकिन्छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३६ हजार रुपियाँ वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँ थियो भने २०८१ साउन १ गते तोलाको एक लाख ४७ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पाँच वर्षपहिले विसं २०७५ चैतमा सुनको मूल्य ६० हजार ६ सय रुपियाँ भएकोमा लगातार वृद्धि भएर बुधबार तोलाको डेढ लाख रुपियाँ हाराहारीमा कारोबार भएको हो । यसै गरी वृद्धि हुँदै जाने हो भने सर्वसाधारणको पहुँचभन्दा बाहिर गएर ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने प्रचलित लोकोक्तिले सार्थकता पाउने निश्चित छ । 

केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गरेको देखिन्थ्यो । केही वर्षयता भने दुवैको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्नु स्वाभाविक मानिएको छ । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुुई हजार ४७१ अमेरिकी डलर पुुगेको थियो । अर्थतन्त्रको अरू आयाम उत्पादनमूलक नभएका बेला लगानीकर्ताका लागि प्रतिफलका हिसाबले सुन आकर्षक र सुरक्षित मानिन्छ । नेपालमा घरजग्गाको मूल्य उच्च विन्दुमा पुगिसकेका कारण लगानी सुरक्षित नहुने तथा सेयर बजार अनिश्चित हुँदा सुन सबैभन्दा सुरक्षित र प्रतिफल दिने लगानीको माध्यम हुँदै गएको छ तर सुन बजारमा माग भने न्यून नै छ । लगानीका लागि मात्रै होइन, गरगहना तथा केही विद्युतीय र चिकित्सा उपकरणमा पनि सुनको प्रयोग हुने गरेको छ । सानो टुव्रmालाई पनि तन्काएर लामो बनाउन सकिने सुनले नखिइने, जीर्ण नहुने र नाशहीन गुण बोकेको कारण पनि यो झन्झन् अमूल्य बन्दै गएको छ ।

सुनको मूल्य निरन्तर उकालो लाग्नुको कारण केलाउँदै बेलायती अखबार द गार्जियनले रुस–युव्रmेन युद्ध, मध्यपूर्वमा जारी तनाव र अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर घटाउने सङ्केत गरेका कारण सुनको मूल्य उच्च विन्दुमा पुगेको विश्लेषण प्रकाशित गरेको थियो । बजारको चर्को मूल्य नियन्त्रण गर्न ब्याजदर बढाएका विश्वका केन्द्रीय बैङ्कहरूले सुनको माग बढाएपछि यसको मूल्य बढ्न सहयोग गरेको हो । केन्द्रीय बैङ्कहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि मुख्य सम्पत्तिका रूपमा सुनको मौज्दात बढाउने प्रचलन छ । विश्व अर्थतन्त्रको अनिश्चयका कारण सुनको माग थप बढेको र यसले मूल्य अझै बढाउने आर्थिक विश्लेषकहरूको भनाइ छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार जुुनसुकै बेला विश्व बैङ्किङ क्षेत्रमा ब्याजदर घटाउने निर्णय हुन सक्ने अनुमानका आधारमा लगानीकर्ताको आकर्षण सुनतर्फ भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार सात सय डलर पुुग्ने अनुुमान व्यवसायीले गरेका छन् । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार रुपियाँ पुुग्न सक्ने उनीहरूको भनाइ छ । अर्कोतर्फ, चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुु¥याएकाले पनि तोलामै छ हजार रुपियाँ बढी पर्न गएको हो । जसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको छ । 

निरन्तर मूल्य बढ्न थालेपछि उपभोक्तामा नयाँ गहना किन्ने सामथ्र्य हराउँदै छ । बरु भएका पुुराना गहना बेच्ने ग्राहकको भिड लाग्न थालेको देखिएको छ । महासङ्घका अनुसार सुनको दैनिक कारोबार घटेर पाँच केजीमा सीमित भएको छ । वाणिज्य बैङ्कले निश्चित कोटामा सुुन आयात गरेर व्यवसायीलाई बेच्ने गरेका छन् । केन्द्रीय बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेकोमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायी स्वयम्सँग पनि सुन मौज्दात वृद्धि भएको छ । सुनमा लगानी बढ्दै जानु भनेको अर्थतन्त्रमा लगानी बढ्न नसक्ने र त्यसले आय, उत्पादन र रोजगारीमा प्रतिकूल प्रभाव पार्ने हो । नीतिगत सुधारले सुनको मूल्य चाप घटाउन विश्वभर प्रयास जरुरी छ ।