सवारी प्रदूषण नियन्त्रणमा कडाइ : निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ ।
अधिकतम तापक्रमले सुनसान जनकपुर
अत्यधिक गर्मीका कारण तराई–मधेशका अधिकांश स्थानमा जनजीवन प्रभावित भएको छ ।
हेलमेट डाँडा
पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयले पहल थालेका छन् ।
चिसापानीमा बस दुर्घटना, २३ जना घाइते
दाङको लमही–कोइलाबास सडक खण्डअन्तर्गत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।
नेपाली डायोस्परालाई विकासमा सहकार्य गर्न उपप्रमुख डंगोलको अनुरोध
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले नेपाली डायोस्परासँग विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुहुँदै विकासका क्षेत्रमा सबैले हातेमालो गर्नुपर्ने औँल्याउनुभयो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा कोशी सरकारविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।
बाँकी रहेको आइपिभी खोप प्रयोग गर्न निर्देशन
परिवार कल्याण महाशाखाले पाँच मात्राको आइपिभी खोप भायलमा बाँकी रहेको खोप प्रयोग गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममा कम बजेट विनियोजन भयो : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
सात सय वर्ष पुरानो बरंजाको धुले मेला सुरु
निकै पुरानो संस्कार दाबी गरिएको मङ्गला गाउँपालिकाको बरंजा क्षेत्रमा मनाइने धुले मेलाको औपचारिक मुख्य विधि मंगलबारदेखि सुरु भएको छ ।
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने
आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
प्रशासनमा नवीनतम प्रवृत्ति
सरकारको दायित्व भनेको जनताका लागि झन्झटरहित सार्वजनिक सेवा प्रदान गर्नु हो । सार्वजनिक सेवाको कारोबार लागत न्यून हुनु पर्छ । सेवा लिँदा सेवाग्राहीलाई कुनै भारको अनुभूति हुनु हुँदैन । बरु उमङ्ग महसुस हुने खालको हुनु पर्छ । यसका लागि सार्वजनिक सेवामा विविध अवधारणा विकास भएको पाइन्छ । तिनको सैद्धान्तिक पक्षसँग नेपालले कति सामञ्जस्य कायम गर्न सकेको छ भन्ने विषयमा यहाँ समीक्षा गर्ने प्रयत्न गरिएको छ ।
सगरमाथा आरोहणका सात दशक
माउन्ट एभरेस्ट अर्थात् सगरमाथा नेपालको गौरव र विश्वको आकर्षण हो । विश्वकै सर्वोच्च भूमि हो सगरमाथा । सगरमाथाका विषयमा गीत र कविता सिर्जना भएका छन् । चलचित्र बनेका छन् । किताब लेखिएका छन् । सगरमाथाको तस्बिर नोटमा छापिएको छ । हुलाक टिकट प्रकाशित छ । सगरमाथा आरोहण गर्नु भनेको विश्व कीर्तिमान कायम गर्नु हो । यस्तो कीर्तिमान बनाउन विश्वका आरोही नेपाल आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७१ वर्षमा अनौठा कीर्तिमान कायम भएका छन् । अझै नौलो कीर्तिमान बनाउन आरोहीहरू सङ्घर्ष गरिरहेका छन् । मे २९ मा विश्वभर ‘एभरेष्ट डे’ मनाउने चलन पनि छ ।
बिमा र उखुको अनुदान बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषिको बजेट घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गर्नुभएको आगामी आव २०८१/८२ को बजेट अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरेको छ । चालु आवको तुलनामा आगामी आवमा एक अर्ब ६९ करोड बजेट कम दिएको छ । चालु आवका लागि ५८ अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको थियो । अगामी आवको बजेटमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ । यो परियोजनाको बजेट पनि घटाएको छ । चालु आवका लागि तीन अर्ब २२ करोड छुट्याइएको थियो ।
कृषिमा लगानी दशक घोषणा
अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई ‘कृषिमा लगानी दशक’ वर्ष घोषणा गर्नुभएको छ । भूगोल, बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टता अनुकूल सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्धन गरिने उहाँले बताउनुभयो । मङ्गलबार आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै कृषि उपज सङ्कलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बिउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणका आधारमा मल, बिउ, कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने मन्त्री पुनले बताउनुभयो ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास लिनुभएको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोहणमा कीर्तिमानै कीर्तिमान
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
सबैभन्दा बढी बजेट शिक्षामा, सञ्चार तर्फ ७ अर्ब ३५ करोड
आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकबाट मंगलबार गर्नुभयो । सो बजेटमा शिक्षातर्फ सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइएको छ ।
बजेटमा सूचना प्रविधि : १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य
रकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार सार्वजनिक गरेको छ। बजेटमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका विभिन्न कार्यक्रमहरू समेटिएका छन्।
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेट आकारमा रु पाँच अर्ब बढे पनि कूल बजेटको प्रतिशतका आधारमा शिक्षा क्षेत्रतर्फको बजेट घटेको हो ।
आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई कर छुटको व्यवस्था
विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताउनुभएको हो ।