• १ साउन २०८१, मङ्गलबार

सुन प्रतितोला नौ सयले बढ्यो

blog

काठमाडौँ,  साउन १ गते ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु. एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ । 

यस्तै, सोमबार प्रतितोला रु. एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ४७ हजार एक सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ७५ निर्धारण भएको छ । रासस