• १ साउन २०८१, मङ्गलबार

राजनीतिमा नेतृत्व विकास

blog

समकालीन राजनीतिमा नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको सवाल अहम् बनेको छ । नेतृत्व गर्न सक्ने समूह तयार भएको अवस्थामा पटक पटक नेतृत्वमा टाक्सिरहने सोच र चिन्तनले सर्वसत्तावादी बनाउँछ । जो हामीले भोगिरहेका छौँ ।

समकालीन राजनीतिमा युवाको दुई खाले प्रवृत्ति पाइएको छ । पहिलो, युवाको राजनीतिप्रति त्यति धेरै झुकाव छैन । उनीहरूमा राजनीतिमा लागेर के हुन्छ र ? राजनीति त सिनियरहरू अर्थात् हजुरबुवा, बुवा, अङ्कलहरूले गरिरहेका छन् नि भनेर युवापुस्ता राजनीतिबाट बेखबर झैँ हुन थालेका छन् । मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र नेताहरूको भूमिका लोकप्रिय नभएका कारण युवापुस्तालाई राजनीति, पार्टी र नेताहरूको नाम सुन्नेबित्तिकै एलर्जी पनि हुने गरेको छ । गाउँ, घरपरिवारमा छोराछोरी, भाइभतिजा भतिजीहरूले प्रकट गर्ने अभिव्यक्ति र व्यवहारबाट नै प्रस्ट हुन्छ । यो प्रतिनिधिमूलक अभिव्यक्ति भए पनि नेपालमा अहिलेको युवापुस्ताको आमव्यवहार नै यस्तो खालको पाइन्छ ।

दोस्रो, गत निर्वाचनमा सुदूरपश्चिम धनगढी, काठमाडौँ, चितवन, तनहुँ, धरानमा मूलधारका वामपन्थी दल र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको विकल्पमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे । विगतका कुनै पनि आन्दोलनमा देखा नपरेका, आन्दोलनमा भाग नलिएका, गाउँ, वडा र टोलमा तिनका कुनैै सङ्गठन संरचना पनि नभएका यस्ता स्वतन्त्र उम्मेदवारले मूलधारका पार्टीका उम्मेदवारलाई पछाडि पारे । यसबाट के बुझिन्छ भने मूलधारका पार्टीले आफ्नो कार्यदिशा, कार्यशैली, सङ्गठन र नेतृत्व गर्ने शैलीमा पनि पुनर्संरचना गरेर नयाँ ढङ्गबाट भूमिका निर्वाह गरेनन् र जनतामा नयाँ आशा जागृत गर्न सकेनन् भने आगामी २०८४ को निर्वाचनमा यस्तै स्वतन्त्र उम्मेदवारको सङ्ख्या झन् बढ्दै जान सक्छ । 

दार्शनिक प्लेटोले राजनीतिमा सहभागी नहुँदा वा चासो नराख्दाकोे परिणामबारे भनेका छन्, “राजनीतिमा भाग लिन अस्वीकार गर्नेले दण्डमध्ये एक बेहोर्नु पर्छ । यो हो कि तपाईंभन्दा निम्नस्तरको व्यक्तिद्वारा शासित हुनु हो ।” यसबाट पनि प्रस्ट हुन्छ, युवा पुस्ता जब राजनीतिमा सहभागी हुँदैनन् वा राजनीतिप्रति चासो राख्दैनन् तब पहिलो पुस्ता वा जसले शासन गरिरहेको छ, उसले नै निर्विकल्प असल वा खराब ढङ्गबाट शासन वा नेतृत्व गरिरहेको हुन्छ ।

विश्वका विभिन्न मुलुकमा नयाँ पुस्ताले राजनीतिमा सव्रिmय सहभागी भएर युवा उमेरमै देशको कार्यकारी पदको नेतृत्व गर्न सफल भएको पाइन्छ । यसै व्रmममा अमेरिकामा बाराक ओबामा ४६ वर्षमा राष्ट्रपति भए भने बेलायतमा डेभिड क्यामरुन ४३ वर्षमा प्रधानमन्त्री भए । गणतन्त्र कङ्गोमा जोसेफ काबिला ३० वर्षमा, अमेरिकामा रुजबेल्ट ४२ वर्ष र रेगन ४३ मा राष्ट्रपति भए । यसबाट स्पष्ट हुन्छ । राजनीतिमा युवा सव्रिmय हुँदा युवा अवस्थामा नै राज्यको कार्यकारी पद वा राष्ट्र प्रमुख बन्न सक्ने पनि देखिएको छ ।

नेपालमा कतिपय राजनीतिक दलमा विगत चार दशकदेखि लगातार एकै व्यक्तिले पार्टीको नेतृत्वमा गरिरहेको छ । यसले गर्दा नेतृत्वमा रहेको व्यक्तिले शारीरिक आराम गर्न र ज्ञान बुद्धि बढाउन पाउँदैन । सधैँभरि सीमित ज्ञान र बुद्धिले मात्रै नेतृत्व गरिरहने, घरपरिवार आफन्त र समाजसँग टाढा हुने स्थिति हुन्छ । अर्कोतिर सङ्गठनभित्र अन्य नेता कार्यकर्तामा पनि नेताको अगाडि हामी धेरै जुनियर हौँ, अनुभव छैन, नेताहरूले लाए अराएको मात्रै काम गर्ने हो भन्ने भावनाको विकास गर्छ । यही कारण सङ्गठनभित्र र बाहिरका चुनौती सामना गर्न, चिन्तनको विकास र नेतृत्व क्षमता बढाउन नसक्ने अवस्था उत्पन्न हुन्छ ।

यसले गर्दा सङ्गठनभित्र नयाँ विचार निर्माण र नेतृत्व गर्ने विषय ओझेलमा पर्छ । यसले गर्दा पहिलो पुस्ता नै जीवनभर राजनीतिक नेतृत्वमा रहनुपर्ने वा रहिरहने अवस्था र लालसा रहिरहन्छ । यो राजनीतिका लागि सहज होइन । नेतृत्वको शान्तिपूर्ण हस्तान्तरण नै नेतृत्व विकासको माध्यम हो । तत्कालीन नेकपा (माले) मा झलनाथ खनालले छोटै अवधिमा नै मदन भण्डारीलाई महासचिव पद हस्तान्तरण गरेको इतिहास छ । नेतृत्वमा रहेकाहरूमध्ये मदन भण्डारी कनिष्ठ नै भए पनि महासचिवमा निर्वाचित भएपछि कुशलतापूर्वक नेतृत्व मात्रै गरेनन् समकालीन वामपन्थी आन्दोलनमा विश्वभर नै चर्चित बने । 

नेपालका अधिकांश राजनीतिक दलमा एक पटक नेतृत्वमा पुगेपछि स्वेच्छाले आफ्नो समकालीन वा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको अभ्यास कमै पाइन्छ । तत्कालीन एमालेमा वरिष्ठ प्रगतिशील साहित्यकार तथा वामपन्थी नेता मोदनाथ प्रश्रित, सिद्धिलाल सिंह र भरतमोहन अधिकारीले सहज रूपमा पार्टीको कार्यकारी पदबाट निवृत्त भएकोे र सव्रिmय राजनीतिबाट निवृत्त भए पनि शारीरिक अवस्थाले साथ दिँदासम्म सामाजिक काममा सहभागी भएको उदाहरण छ ।

२०६२÷६३ को युगान्तकारी परिवर्तनबाट नेपालमा पुँजीवादी जनवादी व्रmान्ति सम्पन्न भएपछि त व्रmान्तिको अर्को चरण समाजवादी व्रmान्तिको नीति, विचार र कार्यव्रmमका साथ वामपन्थी दल अगाडि बढ्नुपर्ने हो तर त्यसो हुन सकेन । वाम राजनीतिक दलको नेतृत्वले यतापट्टि चिन्तन नगरेकै परिणामस्वरूप अहिलेसम्म वामपन्थी दलले समाजवादी व्रmान्तिको कार्यदिशा तय गरेका छैनन् । यो नेपाली वाम राजनीतिभित्रको पहिलो पुस्ताको रुढीवादी चिन्तनकै उपज हो । असल नेताले परिस्थितिमा भएको परिवर्तनसँगै व्रmान्तिको बाटो वा कार्यदिशाबारे स्पष्ट ज्ञान हासिल गरेको हुनुु पर्छ । सिङ्गो टिमलाई बाटो देखाउने काम गर्नु पर्छ । त्यति मात्रै होइन, असल नेताले बाटोमै पुगेर आफ्नो टिमलाई कार्यदिशा अनुरूप काममा परिचालन गर्ने सामथ्र्य राख्नु पर्छ । परिस्थितिमा आएको परिवर्तन र नेतृत्व शैलीबिच तालमेल हुनु पर्छ । त्यसो भएन भने या त नेता परिवर्तन गर्नु पर्छ या त वातावरण र शैली परिवर्तन गर्नु पर्छ ।

असल नेताले आफ्नो गुणगान गाउने समर्थक मात्रै होइन, आफू जस्तै नेतृत्व गर्न सक्ने नेता विकास गरिरहेको हुन्छ । खास गरी पार्टीका नीति निर्माणमा समूहमा (टिम) छलफल गर्ने, आफूसँग अन्तर्निहित अधिकार आफ्ना समकालीन वा मातहतकालाई हस्तान्तरण गरेर आफूले अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्छ । 

यसो हुँदा एउटा निश्चित अवधिमा नेतृत्व हस्तान्तरणको प्रव्रिmयाबाट अर्काे व्यक्तिले नेतृत्व सम्हालेर पार्टी सङ्गठनलाई नेतृत्व गर्ने गर्छ । यस किसिमको भावी नेतृत्व विकासको योजनाले स्वाभाविक रूपमा युवामा राजनीति र नेतृत्वप्रति चासो र झुकाव बढेर जान्छ । जहाँसम्म पहिलो पुुस्ताकोे नेतृत्वले शान्तिपूर्ण तवरबाट नेतृत्व हस्तान्तरण गरेपछि उनीहरूको स्थान कहाँ हुन्छ ? भन्ने विषय पनि उठ्छ । 

पहिलो पुस्ताको नेतृत्व कमिटीभित्र नै रहने र दोस्रो पुस्ताले दैनिक साङ्गठनिक एवंं कार्यकारी कामको नेतृत्व गर्ने वातावरण निर्माण गर्नु पर्छ । विचार दिन सक्ने अनुभवी पहिलो पुस्ताको नेतृत्वलाई भने सङ्गठनभित्र स्टेयरिङ कमिटीमा वा राजनीतिक निर्देशक कमिटीमा रहेर सर्वोच्च नेता, सम्मानित नेता, वरिष्ठ नेता आदिका रूपमा भूमिका निर्वाह गर्ने काममा केन्द्रित गर्न सकिन्छ । 

स्टेयरिङ कमिटी वा राजनीतिक निर्देशक समितिले मूलतः रणनीति एवंं कार्यनीति तर्जुमामा सव्रिmय भूमिका निर्वाह गर्ने छन् । यसका साथै पहिलो पुस्ताका नेताले राज्यका उच्च तहका पदमा प्रतिनिधित्व गर्ने र सिङ्गो सङ्गठनलाई अभिभावकत्वको भूमिका प्रदान गर्ने छन् । यसरी नेतृत्वको व्यवस्थापन गर्न सक्दा शान्तिपूर्ण तवरले नै राजनीतिक दलमा नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको आधार तयार हुने छ ।

दलहरूभित्र नेतृत्व विकासको ठोस नीतिले नेतृत्वको विकास गराउँछ । नेतृत्व गर्न सक्षम भएको आधारमा (राजनीतिक, वैचारिक, साङ्गठनिक तवरबाट) नेतृत्व हस्तान्तरणको विधिलाई अवलम्बन गर्न सके दलभित्र अस्वस्थ प्रतिस्पर्धा र गुटगत गतिविधि पनि हुर्कन पाउँदैन । 

असल नेताले वा नेतृत्वमा रहेर भूमिका निर्वाह गर्न चाहना राख्ने व्यक्तिमा शारीरिक स्वस्थता, इमानदारी, आत्मविश्वास, सिर्जनशीलता, दूरदृष्टि राख्न सक्ने, विज्ञान र प्रविधिको विकाससँगै प्राविधिक दक्षता राख्ने, व्यवस्थापकीय तथा मनोवैज्ञानिक गुण हुनु पर्छ । यस्तै नेतृत्व लिने व्यक्तिमा वैचारिक सुस्पष्टता, रणनीतिप्रति इमानदारी, वर्ग पक्षधरता, परिवर्तित परिस्थितिको सही आकलन गर्ने क्षमता, गतिशील र द्वन्द्ववादी, अन्तरविरोधको सही व्यवस्थापन गर्ने कुशलता जरुरी हुन्छ । रणनीतिक दृढता र कार्यनीतिक लचकता, जनवादी केन्द्रीयताको सन्तुलित अभ्यास गर्न गराउन सक्ने, समूहका काम गर्न सक्ने क्षमता पनि राख्न सक्नु पर्छ ।

समकालीन राजनीतिमा नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको सवाल अहम् बनेको छ । नेतृत्व गर्न सक्ने समूह तयार भएको अवस्थामा पटक पटक नेतृत्वमा टाक्सिरहने सोच र चिन्तनले सर्वसत्तावादी बनाउँछ । जो हामीले भोगिरहेका छौँ । सही विचार र नेतृत्व भएन भने हिजो सुविधाजनक बहुमतमा भएका दल २३ सिट र ३३ सिटतिर झरेका छन् । तसर्थ राजनीतिक दलहरूले समयको गतिशीलताको प्रवाहसँगै आफ्नो नीति, विचार, कार्यव्रmम, कार्यशैली र नेतृत्वमा पुनर्संरचना गरेर रूपान्तरित हुन सके मात्रै दलीय राजनीतिको भविष्य सुरक्षित हुन सक्छ । 

समयको परिवर्तन, जनचाहना अनुरूप दलभित्र नेतृत्वको हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणतर्फ ध्यान दिन सक्दा मात्रै मूलधारका दलहरूको अस्तित्व र भूमिका स्थापित हुने छ ।  

Author

प्रेमलकुमार खनाल