• १९ असार २०८२, बिहिबार

नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरी : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे । फाइल तस्बिर ।

काठमाडाैँ, असार १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तरा गर्न जरुरी रहेको उल्लेख गर्नुभयाे । उहाँले नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्यूनतम रहेका कारण यो समस्या आइरहेको जिकिर गर्नुभयो । 

नेपाल एयरलाइन्सले विदेशी यात्रु बोक्ने क्षमता १० प्रतिशत मात्रै रहेको भन्दै यसलाई विस्तार गर्न नेपाल एयरलाइन्सलाई सशक्त बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्यूनतम भयो । बाहिरबाट विदेशी यात्रुहरू जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो बढाउने भन्ने उपाय नै लिजमा लिने हो । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ । अलि ठुलो आकारको एयरलाइन्सहरूसँग सहकार्य गरेर काम गर्नसके र नेपाल एयरलाइन्सले सेवाको क्षमता विस्तार गरेमात्रै टिकटको व्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको व्यालेन्स नै गर्न सक्दा रहेन छौँ ।"