• १२ साउन २०८१, शनिबार

खानेपानीमन्त्री यादवद्वारा पदभार ग्रहण

blog

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर खानेपानीमन्त्री यादवले पदभार ग्रहण गर्नुभएको हो ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहनुभएका यादव यसअघि नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुनुभएको थियो । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उहाँ स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।