वित्तीय संस्थाको स्थायित्वमा चुनौती
सन् २०१९ को अन्त्यतिरबाट सुरु भएको कोभिड–१९ का कारण विश्वव्यापी रूपमा नै आर्थिक मन्दी छायो । यसबाट ठुलाठुला अर्थतन्त्र भएका युरोपेली तथा अमेरिकी राष्ट्र मात्र होइन, एसियाली देश चीनलगायत धेरै मुलुक प्रभावित भए । हाम्रो देश पनि यसबाट अछुतो छैन भन्ने सङ्केत उतिबेलैबाट नदेखिएको होइन तर जिम्मेवार निकायदेखि सरोकारवाला कसैले पनि समस्या समाधानप्रति उचित चासो दिएनन् । यसले गर्दा आगामी दिन अझ कहाली लाग्दो हुने सङ्केत देखिँदै छ ।
आदर्शका प्रतिमूर्ति
थातवास गोरखा भए पनि १९८१ मा भारतको बनारसमा जन्मिनुभएका कृष्णप्रसाद भट्टराई (किसुनजी) को आज सयौँ जन्मजयन्ती हो । नेपाली राजनीतिमा निष्ठावान्, निःस्वार्थ र मूल्यमान्यताको राजनीति गर्ने एक मात्र उच्चकोटिका नेताको नाम हो– किसुनजी । छाता, सुराही र बाकस मात्र बोकेर बालुवाटार पस्ने र त्यही लिएर ससम्मान बाहिरिने प्रधानमन्त्री अहिलेको युगमा भेट्टाउन कठिन छ । जस्तोसुकै कष्टकर जीवनयापन गर्नु परे पनि उहाँ आफ्नो सिद्धान्तनिष्ठ राजनीतिबाट कहिल्यै विचलित हुनुभएन ।
युवा पलायनको परिणाम
मुलुकको गरिबी, पछौटेपन र बिदेसिनुपर्ने बाध्यतालाई हटाउन हजारौँ युवा राजनीतिक आन्दोलनमा सहभागी भए । युवाकै बलिदानीको परिणाम नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुक बन्यो । यसको संस्थागत विकास २०७२ सालमा जारी नेपालको संविधानले गर्दै आएको छ । संविधान जारी भएको आठ वर्षको अवधिमा दुई पटक स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न भए । निर्वाचनका समयमा दलहरूले गाउँमै आधारभूत सुविधा र रोजागरी सिर्जना गर्ने, विदे
प्रजातन्त्रको जननी
बेलायत युरोपको उत्तर–पश्चिम भागमा अवस्थित छ । यो चारैतर्फ एटलान्टिक माहासागरले घेरिएको चिसो टापु हो । यो ठुलो समुद्री चट्टानमा रहेकाले यहाँ प्रायः ठुलो भूकम्प आउँदैन । भूकम्प आइहाले पनि कमजोर संरचनाका घरमा समेत खासै क्षति हुँदैन । बेलायतमा सयभन्दा धेरै सहर छन् । यो देशमा ६७ करोड ३३ लाख मानिस बसोबास गर्छन् । इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डसमेत चार राज्य मिलेर संयुक्त अधिराज्य बनेको हो । बेलायतको राजधानी लन्डनमा मा
प्राकृतिक प्रकोपको जोखिम
पृथ्वीको सतहमा दुई किसिमका घटना हुन्छन् । पहिलो प्रकृतिजन्य घटना र दोस्रो मानवजन्य घटना । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, बाढी, पहिरो, सुक्खा, चक्रवात, हिमपात, शीतलहर आदि पर्छन् । मानवजन्य घटनाभित्र अपहरण, युद्ध, दङ्गा, आतङ्कवाद, विषाक्त रसायन, जनसङ्ख्या विस्फोटन आदि पर्छन् । यी प्रकोपमध्ये यस लेखमा भूकम्पबारे चर्चा गरिन्छ । भूकम्प प्रकृतिजन्य घटनाभित्र परे पनि मानवजन्यमा पनि पर्छ किनभने भूकम्पले मात्र मानिसको ज्यान नलि
दलको नजरमा लैङ्गिक अल्पसङ्ख्यक
प्रतिनिधि सभा सदस्य सोभिता गौतमले २०८० मङ्सिर २७ गते सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिलाई एउटा पत्र लेख्नुभयो । संविधान जारी भएको आठ वर्ष भइसक्दा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विवाह, सम्बन्ध विच्छेद, सम्पत्ति तथा बच्चासम्बन्धी अधिकारलगायत ऐन तथा कानुन निर्माण हुन नसकेको भन्दै पत्रमार्फत कानुन निर्माणका लागि छलफलको माग गर्नुभयो । पछिल्लो समय सार्वजनिक रूपमा गौतमले उठाउनुभएको यस्तो आवाजले नेपाल उक्त समुदायप्रति जिम्मेवार बन्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको प्रस्ट हुन्छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साना दलका जनप्रतिनिधिले
ललितपुरको सम्भावना कृषि र ग्रामीण पर्यटन
ललितपुरको दक्षिण पहाडी भेकलाई ‘राजधानीको कर्णाली’ भन्ने गरिन्छ । यहाँ आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना छ । ग्रामीण पर्यटन र कृषि सम्भावना बोकेको दक्षिण ललितपुरमा सरोकारवाला निकायको जति ध्यान पुग्नुपर्ने हो, त्यति पुगेको पाइँदैन । विगतको तुलनामा दक्षिण ललितपुरका कोन्ज्योसोम, महाङ्काल र बागमती गाउँपालिकाका बासिन्दाले स्वास्थ्य, शिक्षा, यातायातमा थोरै राहत महसुस गरे पनि यहाँको जीवनस्तर उकास्न र कृषि सम्भावना खोज्न गरिएका प्रयास कमजोर छन् ।
दल–नागरिक सम्बन्धका कडी
लोकतान्त्रिक शासन व्यवस्थाको सुरुवातसँगै निश्चित उद्देश्य र लक्ष्य प्राप्तिका लागि विचार मिल्ने नागरिक मिलेर नै राजनीतिक दल स्थापना गरेका हुन् । दर्शन, विचार, साङ्गठनिक संरचना, रणनीति र कार्यनीतिको खाकामा सहमतिपछि दलहरूको स्थापना भएको हो । दलहरूको प्रमुख काम भनेको नागरिक सङ्गठित गर्ने, परिचालन गर्ने, चेतना अभिवृद्धिसँगै आफ्नो देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्दै नागरिक जीवन सहज बनाउनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, कृषि, वन, पर्यावरण, भौतिक पूर्वाधार निर्माणलगायत विकास प्रक्रियालाई ठिक ढङ्गले अघि बढाउन निर्वाचनमार्फत जनमत लिने र शासकीय संरचनामा सहभागी भएर नागरिकलाई आवश्यक सहज र सरल रूपमा नियमित सेवा प्रदान गर्ने मूल उद्देश्य हो ।
सबैका लागि शान्ति र समृद्धि
समग्र ज्ञान र रणनीतिले दिगो दृष्टिकोण अङ्गीकार गर्दै समाजले सामना गरिरहेका जटिल र अन्तरसम्बन्धित मुद्दालाई सम्बोधन गर्न खोज्छ । यसको उद्देश्य शान्ति र समृद्धिलाई जोड दिई जनकल्याण, दिगो स्थिरता र समानतालाई बढावा दिनु हो । इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले हालै गरेको हिंस्रक आक्रमण र २१ औँ शताब्दीमा युक्रेनमा जारी द्वन्द्वसँगै इजरायलबाट भइरहेको प्रति आक्रमणबाट भएको नागरिक हताहत जस्ता अमानवीय घटनाले हाल मानवताले सामना गर्नुपर्ने गहिरो सङ्कट र चुनौती उजागर गर्छ ।
सुदृढ पुँजी बजारका सर्त
छरिएर रहेका बचतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गरी राष्ट्रिय पुँजी निर्माण, औद्योगीकरण तथा अर्थतन्त्र समृद्ध बनाउन पुँजी बजारको महìवपूर्ण भूमिका हुन्छ । स्वच्छ, प्रतिस्पर्धी र फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजारमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने सोच पन्ध्रौँ योजनाको छ । योजनाको अन्त्यसम्ममा सार्वजनिक धितोपत्रमा लगानी गर्ने जनसङ्ख्या ४.४ प्रतिशतबाट २० प्रतिशत पुग्ने अपेक्षा रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण अनुसार कुल जनसङ्ख्याको १९ प्रतिशतले हितग्राही (डिम्याट) खाता खोलेका छन् । लगानीकर्तामा वित्तीय साक्षरताको कमीसँगै दोस्रो बजारमा करोबार भई धितोपत्र बजारमा देशव्यापी पहुँच पु¥याउनु अहिलेको प्रमुख चुनौती हो ।
विदेश पलायन रोक्न संस्कृति संरक्षण
संस्कृति र शिक्षाको सम्बन्ध नङ र मासुको हुनु पर्छ । नवयुवामा विदेशमा मात्र प्रगति देख्ने दृष्टिकोण आएको शिक्षाको कारणले पनि हो । शिक्षाले आत्मसम्मान, रोजगारी र संस्कृति केही पनि दिन नसकेको आक्षेपबिच नवयुवा अनेक सपना लिएर पलायन भइरहेका छन् । माटो, संस्कृति र देश प्रेमसँग शिक्षा जोडिन नसकेकाले यस्तो भएको हो ।
गरिबी निवारणका रणनीति
सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताको अभाव भएको अवस्था नै गरिबी हो । विशेषतः जीवनयापन गर्न सक्ने आयस्रोत नहुनु, मानवीय अस्तित्वका लागि क्षमता र अवसरबाट वञ्चित हुनु, न्यूनतम आवश्यकता पूरा गर्ने स्रोतसाधन, सिप, ज्ञानको अभाव हुनु, आर्थिक विपन्नता, सामाजिक विभेद, असमानता, जोखिमपूर्ण जीवनयापन गर्न बाध्य हुनु गरिबीको अवस्था हो । त्यस्तै, मौलिक हक, अधिकार र स्वतन्त्रताबाट वञ्चित हुनु, आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच नहुनु, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा पछाडि पर्नु आदि गरिबीको अवस्थालाई चित्रण गर्ने आधारहरू हुन् । गरिबीलाई हिंसाभन्दा पनि खराब मानिने हुँदा राज्यले गरिबी निवारण अभियानलाई पहिलो प्रथामिकता दिन सक्नु पर्छ ।
नेपाल–भारत व्यापारमा तगारो
नेपालको कुल वैदेशिक व्यापार आव २०७९/८० मा १७ खर्ब ६८ अर्ब रुपियाँको भयो । यसमा कुल आयात १६ खर्ब ११ अर्ब र निर्यात १५७ अर्ब रुपियाँ रह्यो । यसले व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपियाँको भयो । २०७८/७९ मा निर्यात दुई खर्ब रुपियाँ बढेको थियो । निर्यातको उक्त आकार पनि अहिलेसम्मकै उच्च हो । आव २०७८/७९ मा कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपियाँ रहेको थियो । एक वर्षको फरकमा कुल वैदेशिक व्यापार तीन खर्बभन्दा बढीले घटेको छ । दैनिक चार अर्ब रुपियाँको व्यापार घाटा नेपालले बेहोर्नु परेको छ । नेपालले १७१ देशसँग व्यापार गर्छ भने १३७ देशसँग व्यापार घाटा छ ।
खानेपानी व्यवस्थापनमा स्थानीय तह
नेपालको संविधानको भाग ३ मा मौलिक हक र नागरिक कर्तव्यको लामो सूची छ । मानव जीवनमा प्राणवायु अक्सिजनपछि पिउने पानीको अपरिहार्यतालाई मनन गरी सो सूचीमा (धारा ३५ को उपधारा ४) स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिक हकका रूपमा स्थापित एवं प्रत्याभूत गरिएको छ । स्वच्छ खानेपानीको परिभाषा र मापदण्ड विश्व स्वास्थ्य सङ्गठन तथा विश्वव्यापी रूपमा विभिन्न मुलुकले तय गरी लागु गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सदस्य रहेको हाम्रो मुलुक नेपालले
मताधिकारको उमेर परिमार्जन प्रस्ताव
लोकतन्त्रको मुख्य आधार भनेको आवधिक निर्वाचन प्रणाली हो । जनताले आफ्नो मतको उपयोग गर्न पाउने, आफूलाई मन पर्ने पार्टी तथा प्रतिनिधि छान्न वा रोज्न पाउने माध्यम भनेको निर्वाचन हो । बालिग मतदाताले मताधिकारको प्रयोग गर्न पाएका छैनन् भने त्यसलाई स्वच्छ प्रजातन्त्र वा लोकतन्त्र मान्न सकिँदैन । निर्वाचनको माध्यमबाट जनताको अभिव्यक्ति प्रकट हुन्छन् र प्रतिनिधि आफूलाई निर्वाचन गर्ने जनताप्रति उत्तरदायी बन्छन् । यो अहरणीय हुन्छ । राज्यले कुनै पनि बहानामा बालिग नागरिकलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गराउन पाउँदैन, किनकि मताधिकार जनताको नैसर्गिक अधिकार हो ।
अव्यवस्थित वृत्तिविकासका असर
सामान्यतया निजामती कर्मचारी सबैले सहज तरिकाले बुझ्ने वृत्तिविकास भनेको पदोन्नति हो तर वृत्तिविकासलाई पदोन्नतिमा मात्र सङ्कुचन गर्न मिल्दैन । प्रस्ट भन्नु पर्दा व्यावसायिकताको विकासका लागि गरिने सामाजिक रूपमा स्वीकार्य जीविकोपार्जनको माध्यम नै वृत्तिविकास हो । यसैको सेरोफेरोमा केन्द्रित बन्दै वृत्तिविकासका बारेमा विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले वृत्तिविकासमा भर्ना तथा छनोट पूर्ण रूपमा योग्यता प्रणालीमा आधारित हुन्छ । मानिसको क्षमता, योग्यता, अनुभवसमेतलाई दृष्टिगत गरी उसबाट अत्यधिक उपलब्धि प्राप्त गर्न सक्ने अभिप्रायले पदस्थापन गरिन्छ, जसबाट व्यक्ति स्वयम् पनि आफूले प्राप्त गरेको
नेपालको सन्दर्भमा जल यातायात
जल यातायातलाई सडक यातायातको तुलनामा किफायती र वातावरणमैत्री मानिन्छ । जल यातायातको सम्भाव्यतालाई मनन गरी समुद्रमै पानीजहाज सञ्चालन गर्ने उद्देश्य राखेर पानीजहाज दर्ता ऐन, २०२७ लागु गरिएको थियो तर विविध कारणले सो कार्य सम्भव भएन । सोही ऐनको दफा ४ को उपदफा (३) मा “पानीजहाज दर्ता गर्ने कार्यका निमित्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल पानीजहाज कार्यालयको स्थापना गर्ने छ” भन्ने व्यवस्था रहेबमोजिम २०७५ फागुन २ गते नेपालमा पानीजहाज कार्यालयको स्थापना गरिएको हो ।
मधेश मुद्दाबारे सुझाव
सङ्घीयता कार्यान्वयन अभ्यासमा पेचिलो बनेका केही समस्याले जनतामा निरासाको धर्सो देखिएको महसुस राज्यले नै गर्नु पर्छ । किनभने जनताले राज्यसँग पाउनुपर्ने अधिकारबारे आवाज उठाउँछन्, उनीहरूको माग सम्बोधन गर्ने निकाय राज्य नै हो । नत्र भने विद्रोही शक्ति बलियो हुँदै जान्छ । यो आर्थिक वर्षको पछिल्लो चार महिनामा देखिएको आर्थिक मन्दी, अभावसँगै समस्याका चाङले शासकप्रति मात्र नभई व्यवस्थाप्रति जनताले केही आक्रोश व्यक्त गर्न खोजेकै हुन् ।
जनशक्ति उपयोगमा स्थानीय तह
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका झट्काहरू केही मत्थर भए पनि अभाव र पीडाका झट्काहरूले भने अहिले पनि मन हल्लाउन छाडेको छैन । एउटै सिरान बनाएको मान्छेलाई मुटु छेड्ने चिसोले कति बेला संसारबाट उठाएर लैजान्छ भन्नै सकिँदैन । मन फराकिलो हुनेहरूले भत्किएका घर छाइदिएर मानवता प्रकट गरिरहेका छन् । अन्य सरोकारवालाले पनि भत्किएका संरचना निर्माणको काम गरिरहेका छन् तर त्यो कति प्रभावकारी भइरहेको छ ? घर तथा संरचना निर्माण गर्ने विषय इन्जिनियरिङसँग जोडिएको हुन्छ । बेलाबेला जाने भूकम्पले इन्जिनियरिङको महìवलाई झनै बढाएर लगेको छ ।
लगानी सम्मेलनको प्रतीक्षा
सिद्धान्ततः लगानी नाफा प्रेरित हुन्छ । नाफा लगानीको वातावरणमा निर्भर गर्छ । लगानीको वातावरण राज्यको शासकीय शैली र क्रियाकलापसँग जोडिएको हुन्छ । लगानी प्रभावकारी बनाउनका लागि स्रोत र साधन आवश्यक पर्छ । मानिस, रुपियाँ, कच्चा पदार्थ, विधि, मेसिन र व्यवस्थापनलाई उत्पादनका साधनका रूपमा लिइन्छ । प्रायः सबै साधन आर्थिक उपार्जनका लागि उत्तिकै महत्वपूर्ण भए पनि आर्थिक उपार्जनका लागि वित्तीय स्रोतलाई महìवपूर्ण साधनका रूपमा हे
समाजवादसँग जोडिएको कृषि कर्म
नेपाल एक कृषिप्रधान देश हो । जनवादी क्रान्तिको मूल पक्ष पनि कृषि क्रान्ति नै हो र कृषिमा विद्यमान उत्पादन प्रणाली र त्यसका अन्तरविरोधहरूलाई ठिकसित बुझ्न आवश्यक हुन्छ । तब मात्र कृषिको सम्भावना र चुनौतीलाई बुझ्न सकिन्छ । कृषिको उत्पादन प्रणाली पनि स्थिर नभई हरेक क्षण गतिशील र परिवर्तनशील हुन्छ र त्यसलाई त्यसको समग्र विकास क्रमको ऐतिहासिक प्रक्रियामा बुझ्नुपर्ने हुन्छ । उत्पादनका दृष्टिले हेर्ने हो भने सन् १९७० को दशकमा नेपालमा उत्पादित धान, चामल, गहुँ भारतको उत्तर प्रदेश विहारदेखि राजस्थान र टर्कीसम्म निर्यात हुन्थ्यो । अहिले
लोकतन्त्रको मर्यादा
मुलुकमा संविधान जारी भएको आठ वर्ष व्यतीत भएको छ । यसबिचमा दुई पटक आमनिर्वाचन र स्थानीय निर्वाचन सम्पन्न भएका छन् । यसको अर्थ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको र यसप्रति नागरिक आश्वस्त हुन थालेको हुनुपर्ने हो । यो संविधान कसैले दिएको नभई सार्वभौमसत्ताको उपभोग गरेको संविधान सभाबाट जारी भएको हो तर मुलुकको राजनीतिक स्थिरता र अमनचयनमा यो संविधान र संविधानबाट निसृत अधिकार र प्रक्रियाबारे प्रश्न उठ्न थालेका छन् । स
अन्तरसीमा वायु प्रदूषण
यस वर्षको दसैँमा परिवारजनसँग रमाउँदै निलो आकाशमुनि चङ्गा उडाउँदै गर्दा पृष्ठभूमिमा टल्किरहेका सेता हिमालले वातावरण अझ मनमोहक बनाएको थियो । सफा वातावरणमा बालबालिकाहरू पिङमा चचहुई गरिरहँदा काठमाडौँ सधैँ यतिकै सफा भइदिए कस्तो हुन्थ्यो होला भनेर मनले गुनिरह्यो । दसैँ मनसुन सकिएपछिको समयमा पर्छ । यो बेला वर्षभरिकै सबभन्दा धेरै दिन सार्वजनिक बिदा हुन्छ । फेरि दसैँ मनाउन धेरै मानिस आफ्नो थातथलो जान्छन् । त्यसैलै सवारीसाधन न्यून
मुद्रास्फीति घट्दाको प्रभाव
अर्थतन्त्रमा नकारात्मक विषयवस्तुले बजार पाइरहेका बेला खुसी दिने परिसूचक प्राप्त हुन थालेका छन् । विगत दुई वर्षदेखि नेपाली उपभोक्तालाई महँगीले सताएको थियो । महँगी घट्दो तहमा आइपुगेको केन्द्रीय बैङ्कको अध्ययन निष्कर्षले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कात्तिक महिनामा आइपुग्दा मुद्रास्फीति ५.३८ प्रतिशतमा आइपुगेको छ । असोज महिनामा मात्र पनि मुद्रास्फीति ७.५ प्रतिशतमा थियो । मुद्रास्फीति घट्दो क्रममा जाँदा त्यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा प्रभाव पार्छ । मुद्रास्फीति न्यून हुँदा उपभोक्तालाई महँगीको मारबाट जोगाउँछ । साथसाथै अर्थतन्त्रमा ब्याजदरलाई न्यून बिन्दु