बरोडालाई नेपालले दियो १५७ को लक्ष्य
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको दोस्रो खेलमा जितका लागि नेपालले बरोडालाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।
धनगढीमा राष्ट्रिय खो खो हुने
नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता हुने भएको छ ।
देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्याली
नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् ।
कराँतेदेखि हक्कीसम्म सुवर्ण यात्रा
ललितपुर लुभुकी सुवर्ण श्रेष्ठलाई सँगैका साथीहरू चर्चित खेलाडी बनेको देख्दा कहिले काहीँ विगतले झस्काउँछ । सुवर्णले कराँते खेल्न सुरु गर्दा लुभु अहिले जस्तो सुगम थिएन । खेल्नका लागि नजिक भनेको लगनखेल पुग्नुपर्दथ्यो ।
साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को सान्त्वना जित
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ ।
बाफ महिला फुटबल टोली सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।
एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक
नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नुभएको छ ।
एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण
नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सम्झना युवा क्लबलाई उपाधि
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि सम्झना युवा क्लबले जितेको छ । सम्झनाले आयोजक ‘ए’ लाई ३–१ को सेटमा २५–२२, १९–२५, १७–२५, २५–२३, ९–१५ ले पराजित गरेको हो ।
गुजरातविरुद्ध नेपालको सहज जित
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको छ ।
गुजरातले दियो नेपाललाई ९९ रनको सहज लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घले जितको लागि नेपाललाई ९९ रनको सहज लक्ष्य दिएको छ ।
नेपाल गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
'खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ'
नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल र गुजरात भिड्दै
त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै छ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।
राष्ट्रिय बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन
नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
बाँके फुटबलमा यु–१३ छनोटको उत्साह
बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ ।
अग्रदिपलाई पराजित गर्दै सम्झना फाइनलमा
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको भलिबलमा सम्झाना युवा क्लब र आयोजक ए फाइनलमा प्रवेश गरेका छन्।
नेपालविरुद्ध दोस्रो जितसँगै आयरल्यान्ड ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाललाई ४० रनले हराउँदै आयरल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।
आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।
किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा च्याम्पियन
विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा २० लाख पुरस्कार
लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।
'प्रदेश समृद्धिको आधारमध्ये खेलकुद पनि एक हो'
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले देश तथा प्रदेशको समृद्धिको आधारहरुमध्ये खेलकुद पनि एक रहेको बताउनुभएको छ ।