• १३ असोज २०८१, आइतबार

एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण

blog

पदकसहित एरिका गुरुङ बिचमा ।

काठमाडौँ, चैत १९ गते । नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।

एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु-२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । फाइनलमा उहाँले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गर्नुभएको थियो । 

चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालला ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएसए ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि ((सिनियर) खुलातर्फ पनि फाइनलमा पुग्नुभएको छ ।

यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित हुनुभयो । चार सदस्यीय नेपाली कराँते टोलीको‌ प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ रहनुभएको छ ।