• २५ वैशाख २०८१, मङ्गलबार

नेपाल र गुजरात भिड्दै

blog

काठमाडौँ, चैत १८ गते । त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै छ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको तयारी स्वरूप सिरिज खेल्दै छ । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।