तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
फ्रेन्डसिप कपमा नेपाल बरोडासँग पराजित : फाइनल गुजरातसँग खेल्ने
भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ।
फ्रेन्डसिप कप : नेपाललाई बरोडाले दियो १५७ रनको चुनौती
काठमाडौं - चैत २३ गते । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी-२० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा बरोडाले नेपाललाई १५७ रनको चुनौती दिएको छ। अन्तिम दुई ओभरमा करण केसी र आकाश चन्दले खराब बलिङ गर्दा नेपालविरुद्ध बरोडाले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो।नेपालका लागि गुल्सन झा र करण केसीले समान २/२ विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान १/१ विकेट हात पार्नुभयो। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर ब्याटिङ गरेको थियो। १५७ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगिसकेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेसँगै लगातार तीन खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।त्रिकोणात्मक सिरिजको फाइनल आइतबार हुनेछ । बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनलमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।
आयरल्यान्डसँग नेपाल ‘ए’को लज्जास्पद हार, एक खेल अगाडि गुमायो सिरिज
नेपाल ‘ए’सँगको एक दिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगाडि नै जितेको छ। एकदिवसीय सिरिजको दोस्रो खेलमा लज्जास्पद ब्याटिङ गर्दै नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो।
तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु
एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् ।
नेपाल ए र आयरल्यान्ड ए बिच प्रतिस्पर्धा हुँदै
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए र नेपाल ए ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एक दिवसीयमा नेपाल ए र आयरल्यान्ड ए ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
तेक्वान्दो निर्णायक ढकाल स्पेन प्रस्थान
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न स्पेनको एलिकान्टे प्रस्थान गर्नुभएको छ ।
हेटौँडामा चौथो मेयर कप
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा शनिबारबाट सुरु हुने चौँथौ हेटौँडा उपमहानगर स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल उपमहानगरपालिका वडा नं. ३ र ११ बिच हुने भएको छ ।
आरसी एकेडेमीको विजयी सुरुवात
आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
फाल्डो सिरिज गल्फ अर्को साता
गल्फ खेलाडी उत्पादनमा महत्त्वपूर्ण मानिएको फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिता चैत २८ देखि ३० गतेसम्म हुने भएको छ । नेपाल गल्फ सङ्घको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा ५४ होलको हुनेछ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा नौ खेल
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
तिलौराकोट गोल्ड कप फाइनलका लागि विएफसी चितवन र सुदूरपश्चिम भिड्दै
तिलौराकोट गोल्डकप अन्तर्गत फाइनल प्रवेशका लागि हनामी विएफसी चितवन र सुदूरपश्चिम भिड्ने भएका छन् ।
आर्सनल शीर्षस्थानमा
घरेलु मैदानमा बुधबार राति भएको खेलमा लुटन टाउनलाई २-० गोलले हराउँदै आर्सनलले शीर्षस्थान कब्जा गरेको हो ।
पदक विजेता एरिका र प्रशिक्षक कुशल अमेरिकामा सम्मानित
नेपालकी चर्चित कराँते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
पाँच खेलाडीसहित १८ जना सम्मानित
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन् ।
खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।
फ्रेन्डसिप कप : नेपाल फाइनलमा, गुजरात ८ रनले पराजित
भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगेको हो।
नेपालले गुजरातलाई दियो १८२ रनको चुनौती
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले गुजरातलाई १८२ रनको चुनौती दिएको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको हो।
‘सी’ डिभिजन लिग बिहीबारदेखि
शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् ।
खेलाडीलाई पाथीभरा याङ्वरकको सम्मान
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ।
आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को लज्जास्पद हार
आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।
आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट
नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।
आर्मीलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा
नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सुदूरपश्चिम–११ तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रेन्डसिप कप : नेपालको लगातार दोस्रो जित
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा मङ्गलबार भएको खेलमा नेपालले बरोडालाई २७ रनले हरायो ।