• १३ असोज २०८१, आइतबार

खेलाडीलाई पाथीभरा याङ्वरकको सम्मान

blog

खेलाडीको सम्मान तथा पुरस्कार वितरणपछि सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २१ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ। विभिन्न स्थानीय तहमा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सहभागी भएर उपाधि जित्न सफल खेलाडीलाई गाउँपालिकाले सम्मान साथै पुरस्कृत गरेको हो।

जिल्लाको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गरिएको हो। पाथीभरा याङ्वरक गाउँपालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको छ।

खेलाडीलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले सम्मान गर्नुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कार रकम बराबर नै गाउँपालिकाको तर्फबाट थप रकमसहित खेलाडीलाई सम्मान गरिएको छ। भलिबल विधाका खेलाडीको प्रोत्साहन गर्न गाउँपालिकाले सम्मान गरेको घिमिरेले बताउनुभयो।