• १४ जेठ २०८१, सोमबार

पाँचथरमा याङनाम गोल्ड कपको तयारी

blog

याङनाम गोल्डकपको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, चैत २३ गते। दोस्रो संस्करणको याङनाम गोल्ड कप चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।

फिदिम नगरपालिका १० याङनाम स्थित इमानसिंह रङ्गशालामा आयोजना हुने गोल्डकपमा जिल्लाका आठ वटा स्थानीय तहका ८ र आयोजकसहित ९ टिमले भाग लिने आयोजक याङनाम फुटबल क्लबले जनाएको छ।

याङनाममा लाग्दै आएको याङनाम फुङनाम मेलाका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको विजेताले दुई लाख दुई हजार तथा उपविजेताले एक लाख एक हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक याङनाम फुटबल क्लबले फिदिममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। 

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ५५ हजार रुपियाँ लागत अनुमान गरिएको खेल संयोजक दिपेन खजुमले जानकारी दिनुभयो।

जसमध्ये फिदिम नगरपालिकाले एक लाख र १० नम्बर वडा कार्यालयले दुई लाख गरी तीन लाख रुपियाँ सहयोग गर्ने निश्चित भएको वडाध्यक्ष होमराज थाम्सुहाङले जानकारी दिनुभयो।

उद्घाटन खेलमा आयोजक सेतो र कुम्मायक गाउँपालिका, २८ गते पहिलो चरणमा फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका, दोस्रो चरणमा हिलिहाङ गाउँपालिका र आयोजक रातो, २९ गते याङवरक गाउँपालिका र तुम्वेवा गाउँपालिले प्रतिस्पर्धा गर्नेछन्। 

चैत ३० गते सेमी फाइनल चरणका खेल सञ्चालन हुनेछन् भने फाइनल प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ। वैशाख १ गते नयाँ वर्षका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।