• ६ जेठ २०८१, आइतबार

तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु

blog

संखुवासभा र धरानका खेलाडि प्रतिस्पर्धा गदै र कार्यक्रमा प्रमुख अतिथी प्रदेशसभा सदश्य निरन राई फुटबल वितरण गर्दै ।

कबिराज घिमिरे

हिले, चैत २३ गते । बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ । प्रतियोगिता धनकुटाको हिलेस्थित हिले खेल मैदानमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संखुवासभा र धरान विजयी भएका छन् । 

धरानले तेह्थुमलाई पेनाल्टी सुट आउटमा ४–३ गाल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । निर्धारीत समयमा एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो । 

त्यस्तै, आयोजक धनकुटालाई पेनाल्टी सुट आउटमा ८–७ गोल अन्तरले पराजित गर्दै संखुवासभा सेमिफाईनल प्रवेश गरेको हो । प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा ईलाम, संखुवासभा, तेह्थुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता छ । 

प्रतियोगिताको विजेता टोलिले उपाधि सहित एक लाख रुपियाँ हात पार्ने छ । त्यस्तै उपविजेता टोलीले ५० रुपियाँ हात पार्ने क्लवका सचिव अर्जुन शाहिले जानकारी दिनुभयो । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुनेछ । हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन वर्ष अघिबाट प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।