• ११ वैशाख २०८२, बिहिबार

बास्केटबल लिग यसै महिना

blog

काठमाडौँ, वैशाख ११ गते । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा द हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) हुने भएको छ । 

वैशाख २० गतेदेखि सुरु हुने लिगमा ६ वटा क्लबको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अनुसार लिगका खेलहरू आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार सञ्चालन गरिने छ । 

पहिलो पटक आयोजना हुन लागेको लिगमा टाइम्स, हाउन्डस् , कीर्तिपुर, रोयल्स, गोल्डेनगेट र सामाखुशी बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । 

डलब लिगमा कुल ३२ खेल हुने छ । लिग सञ्चालनका लागि १५ लाख रुपियाँ खर्च हुने र पुरस्कारको घोषणा पछि गरिने सङ्घले जनाएको छ ।