• ११ वैशाख २०८२, बिहिबार

आर्सनलको बराबरीले लिभरपुललाई सहज

blog

बल खोस्न प्रयास गर्दै आर्सनल र क्रिस्टलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, वैशाख ११ गते । इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको आर्सनल क्रिकेटल प्यालेससँग बराबरीका रोकिएपछि शीर्ष टोली लिभरपुल उपाधि नजिक उभिएको छ । 

घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले क्रिस्टलसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस नतिजाले अब लिभरपुलले टोट्टनहामसँग बराबरी खेलेपनि उपाधि जित्ने छ । 

प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि जाकुब किवियोर र लियान्द्रो ट्रोसार्डले गोल गर्नुभयो । क्रिस्टलका लागि एबेरेची एजे र जिन फिलिप माटेटाले गोल गर्नुभएको थियो । बराबरीसँगै दोस्रो स्थानमा रहेको आर्सनलको ३४ खेलबाट ६७ अङ्क छ ।

आर्सनल शीर्ष टोली लिभरपुलभन्दा १२ अङ्कले पछि छ । एक खेल कम खेलेको लिभरपुलको ७९ अङ्क छ । क्रिस्टल ४५ अङ्कसहित १२औँ स्थानमा छ । एजेन्सी