• २० वैशाख २०८१, बिहिबार

तेक्वान्दो निर्णायक ढकाल स्पेन प्रस्थान

blog

बिदाइ कार्यक्रममा निर्णायक दीपेन्द्र ढकाललगायत ।

काठमाडौँ, चैत २२ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न स्पेनको एलिकान्टे प्रस्थान गर्नुभएको छ । 

विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिता अप्रिल ४ देखि ७ तारिखसम्म हुनेछ । उहाँले ग्योरोगीमा  निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

उहाँलाई पनौति नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, प्रमुख प्रसासकीयय अधिकृत रामप्रसाद आचार्य लगायतले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । 

ग्यारोगी विधाका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री ढकालले तेक्वान्दोको वर्ल्ड र्‍याकिङका जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, फ्रान्स, उज्वेकिस्तान, प्रेसिडेन्ट आर्मी ओलम्पिक लगायत दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइ सक्नुभएको छ । 

सन् २०१८ मा विश्व तेक्वान्दो महासङ्घबाट थर्ड क्लास अन्तर्राष्ट्रिय ग्यारोगीकोर्स र २०१३ मा कुकिवानबट सर्टिफाइड मास्टर्स इन्स्ट्रक्टर कोर्समा उत्तीर्ण भएपछि ढकालले वर्ल्ड र्‍याकिङका प्रतियोगिताहरु खेलाउने मौका पाउनुभएको हो ।