• २२ वैशाख २०८१, शनिबार

आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

blog

आयरल्यान्डको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, चैत २१ गते । नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो । 

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरेपनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सकेको थियो । 

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभयो । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाउनुभयो । 

पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२/१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिनुभयो । यस्तै साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिनुभयो । साथै रिजन ढकालले एक विकेट झार्नुभयो ।