• २३ वैशाख २०८१, आइतबार

राष्ट्रिय बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन

blog

काठमाडौँ, चैत १७ गते । नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

आर्मीले तीन स्वर्ण जितेको छ । प्रहरीले दुई तथा कर्णालीले एक स्वर्ण प्राप्त गर्नुभयो । महिलामा एपीएफले पनि सर्वाधिक तीन स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र प्रहरीले एक एक स्वर्ण जितेको छ । पुरुष/महिला दुवैमा समान ६/६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासङ्घद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी संगिता सुनार उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेश प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जित्त्नुभयो । पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामीमगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउँदै पहिलो हुनुभयो । 

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउदै स्वर्ण जित्नाुभयो । 

हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २५ हजार, १५ हजार र सात हजार पाँच सय रुपियाँ पुरस्कार प्राप्त गरे । विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।