• २१ वैशाख २०८१, शुक्रबार

आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य

blog

आयरल्यन्ड ‘ए’ को विकेट लिएपछि नेपाल ‘ए’ का खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, चैत १७ गते । आयरल्यान्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २४ रन बनाएको हो ।

आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा सात छक्का र एक चौकाको सहयोगमा अविजित ७१ रन बनाउनुभयो । यस्तै पिटर मोरले २६ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ६५, जेम्स म्याकोलुमले २६, फिओन ह्यान्डले अविजित १९, रोस अदैरले १७ र गेराथ डेनालीले १० रन जोड्नुभयो । 

बलिङमा नेपालका सागर ढकालले तीन विकेट लिनुभयो । कमलसिंह ऐरी र पवन सराफले एक एक विकेट झार्नुभयो । तीन खेलको सिरिजमा नेपाल ‘ए’शुक्रबार भएको पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।