अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन
अपिनाम्पा संरक्षण क्षेत्र तीन वर्षदेखि परिषद्विहीन छ । २०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन ।परिषद् गठनका लागि धेरै पटक राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।
उपप्रमुखका उम्मेदवारद्वारा मनोनयन फिर्ता
चितवनको माडी नगरपालिकामा नेकपा एमालेका उपप्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुुभएको छ । एमालेका तर्फबाट उपप्रमुुखमा उम्मेदवारी दर्ता गराउनुुभएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो । माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको नेकपा चितवन प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिनुभयो ।
अग्निपीडितले पाएनन् राहत
पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’ उनीहरू आगो निभाउन खेतति
प्रमुखमा दस महिलाको उम्मेदवारी
स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो ।
दुई बालवालिकाको उद्धार
सहदेव बस्नेतजाजरकोट, वैशाख १५ गते । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका– ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक र नलगाड नगरपालिकाकी वर्षीया १० की इश्वरी बिकलाई उद्धार गरिएको हो । बालवालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले उद्धार गरिएका बालवालिकालाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने बताउनु भयो । उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण समस्यामा रहनु भएको थियो । यस्तै,उद्धार बालिका इश्वरी विक की आमाको मृत्यु भैसकेको र बुवा पनि कमाउन नसक्ने हुदाँ पढाई विचैममा छोड्नु पर्ने बाध्यताका कारण उद्धार गरीएको हो ।कोही पनि अनाथ, बालवालिका शिक्षाबाट बन्चित नहँन भन्ने लक्ष्यले खोलिएको बालवालिका उद्धार केन्द्रमा अहिले अभिभावक गुमाएका अनाथ बालवालिका अथवा असक्त अभिभावक भएका न्युन परिवारका १८ जना बालवालिका रहेका छन् । यी बालवालिकाले कक्षा १२ सम्मको माध्यमिक शिक्षा पाउने संस्थाले जनाएको छ ।
कुटपिटबाट एक युवकको मृत्यु
विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो ।
सर्लाहीमा ट्याङकरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
जनार्जन खत्रीसर्लाही, वैशाख १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा बुधबार बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते हुनुभएको छ । बागमती नगरपालिका ११ र १२ को सीमास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१, बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक प्रमिला देवीका छोरा २५ वर्षीय विजय यादव सामान्य घाइते हुनुभएको छ । प्रहरीका अनुसार बुधबार बिहान ८ः२७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भइ पल्टिएपछि पछाडिबाट गइरहेको ट्याङकरले किचेको थियो । दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालकलाई प्रहरीले बागमती पारी रौतहटको पौराहीबाट नियन्त्रणमा लिएको छ ।
प्रमुखमा महिला मात्रै उम्मेदवार
जिल्लाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा चार जना महिलाले मात्र उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेका तर्फबाट सरस्वती चिदी, गठबन्धनबाट नेपाली काँग्रेसकी सुनिता अधिकारी र स्वतन्त्रबाट पनि महिलाले नै अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
एमाले र गठबन्धनको प्रतिस्पर्धा
धादिङमा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले एक्लै उम्मेदवारी दिएको छ ।
मतदाता शिक्षा कार्यक्रमको अभाव : बदर मत प्रतिशत धेरै हुने सम्भावना
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको सङ्ख्या बढ्ने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो ।
सीमा नाका बन्द गरिने
स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । मङ्गलबार महोत्तरीको बर्दिबासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीमामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीबीचको संयुक्त सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि सीमा नाका सिल (बन्द) गर्ने निर्णय गरेको हो ।
उत्साहपूर्वक मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले लुम्बिनी प्रदेशमा उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार दुुई दिन मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको थियो ।
उत्सवकै रूपमा मनोनयन दर्ता
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा मनोनयनको दोस्रो दिन सोमबार उत्सव मनाएझैँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेलगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तह निर्वाचन : आठ जिल्लामा गठबन्धन
स्थानीय तहको निर्वाचनका लागि सोमबार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार र सोमबार मनोनयन गर्ने दुई दिन भए पनि आवश्यक सहमतिका लागि भन्दै राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । आइतबार केही स्वतन्त्र र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।
न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरमा न्यून सङ्ख्यामा उम्मेदवारको मनोनयन–पत्र दर्ता भएको छ । १० वटा पालिका रहेका मकवानपुरमा दुईवटा पालिकामा उम्मेदवारी मनोनयन–पत्र द
मालपोत र नापीशाखाको सेवा एक साताका लागि बन्द
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
गोरखामा काँग्रेसले एकल प्रतिस्पर्धा गर्ने
नरेन्द्र ढकालगोरखा, बैशाख ११ गते । नेपाली काँग्रेस गोरखाले जिल्लाका सबै स्थानीय तह र वडाहरुमा एकल उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले केही दल र व्यक्तिका कारण गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘हामी केन्द्रको निर्णयअनुसार अधिक लचक भएर गठबन्धन जोगाउन अन्तिम समय लागिरह्यौं । तर केही दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले सबैसँगै मिलेर जान सकेनौ, तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भन्नुभयो । जिल्ला कार्यसमितिको बैठक बसेर एक्लै निर्वाचनमा जाने निर्णय गरेको उहाँले बताउनुभयो । सोहीअनुरुप जिल्लाका दुई नगरपालिका, ९ वटा गाउँपालिकाका ९४ वटै वडाका सबै पदमा उम्मेदवारी दिने निर्णय काँग्रेस गोरखाले गरेको छ । ‘काँग्रेस गोरखा कसैको दबाब र प्रभावमा नपरी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सबैलाई साथै लैजाऔं भन्ने मात्र हाम्रो धारणा थियो । अब तालमेल सम्भव नभएपछि दलहरुवीच मित्रवत सम्बन्ध कायम राख्ने हाम्रो समझदारी छ ।’केन्द्रमा भएको सहमतीअनुसार जिल्लामा संयन्त्र बनेपछि गठबन्धनका दलहरुवीच ८ वटा औपचारिक र झण्डै एक दर्जन बढी अनौपचारिक छलफलहरु गरिएको काँग्रेस गोरखाको दाबी छ । जिल्लाका ११ स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा २ नगरपालिकाको प्रमुख, ७ गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, ६ गाउँपालिका उपाध्यक्ष र ४५ वटा वडाध्यक्ष पद काँग्रेसले जितेको थियो । केन्द्रले बनाएको सहमतिअनुसार प्रमुख जितेको पालिकामा सम्बन्धित दलले नै पाउने बताइए पनि काँग्रेस २ वटा स्थानीय तह छोड्न तयार हुँदा पनि अन्य दल नमानेको सभापति न्यौपानेले बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केन्द्रीय तहबाटै हस्तेक्षप गरी जनता समाजवादी पार्टीको अबस्थाभन्दा बढी माग दाबी गरेपछि काँग्रेस र माओवादी उक्त कुरामा सहमत हुन नसकेको ती दलका नेताहरुले बताउनुभयो । यसअघिको निर्वाचनमा केही वडामा मात्र जितेको जसपाले एउटा नगरपालिका, एउटा गाउँपालिकासहित २५ वडा र १०० भन्दा बढी सदस्य दाबी गरेको थियो । जसपाको माग पूरा गर्न नसक्ने भन्दै काँग्रेस र माओवादी मिलेर जाने सहमती नजिक पुगेका थिए । काँग्रेसले ७ र माओवादी ४ स्थानीय तह लिनेगरी तालमेलको तयारी गरिरहेकाबेला जसपाको दबाबमा केन्द्रले हस्तक्षेप गर्न खोजेपछि अन्ततः एकल प्रतिस्पर्धा गर्ने सहमती दलहरुले गरेका हुन् । काँग्रेसले एक्लै जाने घोषणा गरेपनि माओवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।
राज्य पुनर्संरचनाको खिल्ली उडाइँदै
संविधानअनुसार राज्य पुनर्संरचना भई तीनवटै तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैरसरकारी, निजी तथा सामुदायिक संस्थाले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् ।
आचारसंहिता पालनामा दलबीच आशङ्का
स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालनामा सुर्खेतस्थित राजनीतिक दलले एक अर्काप्रति आशङ्का गर्ने गरेका छन् । साना दलले ठूला दलमाथि आचारसंहिता उल्लङ्घन बढी गर्ने गरेको आशङ्का गरेका छन् भने ठूला दलले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तटस्थ नहुने गरेको भन्दै आशङ्का गरेका हुन् ।
चुडीमा बल्यो बिजुली
डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ । लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेकोे हो । चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।
औषधि अनुसन्धान केन्द्र स्थापनाको माग
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगका समस्या समाधानका लागि आउने बजेटको कार्यक्रममा समेट्न आफूले पहल गर्ने बताउनुभएको छ । चितवनमा जारी नेपाल फर्मा एक्स्पो २०२२ मा आयोजना गरिएको अन्तक्र्रियामा उहाँले सरकारले सम्बोधन गर्नुपर्ने धेरै विषय भएकाले सकेसम्म औषधि क्षेत्रको समस्या समाधानका लागि पहल हुने बताउनुभयो । “नेपालमा उत्पादित औषधिको परीक्षण गर्ने ल्याब (प्रयोगशाला)लाई
२९ औं पासाङ ल्हामु दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न
काठमाडौं, बैशाख १० गते । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको २९ औं स्मृति दिवश विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बैशाख १० गते पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाको रुपमा सगरमाथाको आरोहण गरेको दिनलाई उहाँको नाममा स्थापित पासाङ ल्हामु फाउण्डेशनले विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । २०५० साल बैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा उहाँको मृत्यु भएपछि आजको दिनलाई स्मृति दिवशकाे रुपमा मनाउने गरिएकाे छ । पासाङ ल्हामु फाउण्डेशनले चावाहिलको चुच्चेपाटी स्थित पार्कमा रहेको सालिकमा पुजा र खदा ओडाएर सम्मान कार्यक्रम गरेको प्रतिष्ठानका उपाध्यक्ष लाक्पाफुटी शेर्पाले जानकारी दिनुभयो । प्रतिष्ठानले शनिबारनै लैनचौर स्थित मल्ल होटलमा सफल महिलाको उदाहारण र सफल हुनुको कारणहरु बारे प्यानल छलफल समेत गरेको छ । छलफलमा महिला माथिको विभेद् र लैङगिक समनतामा भएको असमानतालाई चिर्न नयाँ पिढीँले पनि नयाँ कदम चाल्नु पर्ने आवस्यकता भएको कार्यक्रममा सहभागि साइकल खेलाडी अनिसा गुरुङले बताउनुभयो । कार्यक्रममा प्यानलिष्टको रुपमा होटल व्यवसायी अम्विका श्रेष्ठ, डा.लामो याङछेन शेर्पा र अनिसा गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाइ गर्ने महिला, पर्वतारोही तथा संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै फाउण्डेशनका अध्यक्ष एवं पासाङ ल्हामु शेर्पाकी जेठी छोरी दावा फूटी शेर्पाले आमाले लिएको उदेश्य र सपनालाई पुरा गर्न फाउण्डेशनले दुर्गम हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्यमा सहयोग र जीविकोपार्जन सीपहरु प्रदान गर्दै आई रहेको बताउनुभयो । आउने दिनमा सेवाभावले फाउण्डेशनले समाजमा योग्दान दिने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
इँटा उद्योगका बाल श्रमिकलाई शैक्षिक सामग्री सहयोग
जानु पाण्डेकपिलवस्तु, वैशाख १० गते । कपिलवस्तुका इँटा उद्योगमा रहेका बाल श्रमिकलाई विद्यालय शैक्षिक सामग्री सहयोग गरिएको छ । इँटा उद्योगमा काम गर्दैआएका १ सय ६८ बालबालिकालाई स्कुल व्याग, स्टेश्नरी सामग्री र खाद्यान्न सहयोग गरिएको छ । नयाँ शैक्षिक सत्रमा इँटा उद्योगमा काम गर्ने बालबालिकालाई भर्ना गर्न र विद्यालयमा अध्ययन गर्दै आएकालाई पढाइमा निरन्तरता दिनका लागि सहयोग गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो ।समितिले कपिलवस्तुको शिवराज, महाराजगन्ज, कृष्णनगर र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा काम गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम गर्दैआएको छ । उद्योगबाट संकलन गरेको तथ्यांकअनुसार जोखिममा देखिएका बालबालिकालाई सहयोग गरिएको थियो । बालबालिकालाई झोला, कापी, कलम, कलर, इरेजर सँगै नुन, चामल, तेल दाललगायतका खाद्यान्न सहयोग गरिएको छ । बुद्धभूमि नगरपालिका ६ का वडा अध्यक्ष नन्दलाल यादवले सहयोगपछि बालबालिकाको पढाई निरन्तर हुनुपर्ने बताउनुभयो । सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगमा बालबालिका काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउनेजस्ता काममा लगाइएका छन् । गत वर्षको तथ्यांकअनुसार ४ पालिकामा गरेको सर्वेक्षणमा ७५० भन्दा धेरै बाल श्रमिक इँटा उद्योगमा कामदारको रुपमा फेला परेको थिए । यो वर्ष बाल श्रमिकको संख्या ५ सयको हाराहारीमा पुगेको बताइएको छ ।
पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जानु पाण्डेकपिलवस्तु वैशाख १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाठेघर खस्ने रोगको निःशुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिका १ मा रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौलीमा शनिबार स्वास्थ्य शिविर सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा ग्रामीण क्षेत्र र विपन्न परिवारको महिलालाई लक्षित गर्दै उपचार सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोेपालवहादुर थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिएको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीका अनुसार पाठेघर खस्ने रोगका समस्या भएका महिलाको पहिचान गरी उपचारको व्यवस्था मिलाएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम्सेविकासँग टोल टोलमा पुगेर पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरी उपचारको प्रवन्ध मिलाइएको छ । उपचारका लागि शिवराज अस्पताल र विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए ।