• १३ साउन २०८१, आइतबार

दुई बालवालिकाको उद्धार

blog

सहदेव बस्नेत

जाजरकोट, वैशाख १५ गते । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका–  ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । 

भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक र नलगाड नगरपालिकाकी वर्षीया १० की इश्वरी बिकलाई उद्धार गरिएको हो । बालवालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले उद्धार गरिएका बालवालिकालाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने बताउनु भयो । 

उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण समस्यामा रहनु भएको थियो । यस्तै,उद्धार बालिका इश्वरी विक की आमाको मृत्यु भैसकेको र बुवा पनि कमाउन नसक्ने हुदाँ पढाई विचैममा छोड्नु पर्ने बाध्यताका कारण उद्धार गरीएको हो ।

कोही पनि अनाथ, बालवालिका शिक्षाबाट बन्चित नहँन भन्ने लक्ष्यले खोलिएको बालवालिका उद्धार केन्द्रमा अहिले अभिभावक गुमाएका अनाथ बालवालिका अथवा असक्त अभिभावक भएका न्युन परिवारका १८ जना बालवालिका रहेका छन् । यी बालवालिकाले कक्षा १२ सम्मको माध्यमिक शिक्षा पाउने संस्थाले जनाएको छ ।