• १३ साउन २०८१, आइतबार

सर्लाहीमा ट्याङकरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा बुधबार बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते हुनुभएको छ । 

बागमती नगरपालिका ११ र १२ को सीमास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१, बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृतक प्रमिला देवीका छोरा २५ वर्षीय विजय यादव सामान्य घाइते हुनुभएको छ । प्रहरीका अनुसार बुधबार बिहान ८ः२७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भइ पल्टिएपछि पछाडिबाट गइरहेको ट्याङकरले किचेको थियो । दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालकलाई प्रहरीले बागमती पारी रौतहटको पौराहीबाट नियन्त्रणमा लिएको छ ।